गतिविधि बढाउँदै अर्जुनधारा जेसीज « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

गतिविधि बढाउँदै अर्जुनधारा जेसीज


यलम्वर टाइम्स
२८ माघ २०८०, आईतवार १०:३१

अर्जुनधारा । अर्जुनधारा जेसीजले नेतृत्व हस्तान्तरण गरेसँगै आफ्नो गतिविधिलाई अगाडी बढाएको छ ।

यसअघि कार्यालयमा राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दै सुरुवात गरेको अर्जुनधारा जेसीजले लोम अफिसर तालिम, शैक्षिक सामग्री, खाद्य सामग्री वितरण गर्ने भएको बताइएको छ ।

जेसीजका अध्यक्ष बसन्त बुढाथोकीका अनुसार माघ २९ गते लोम अफिसर तालिम प्रदान गरिने छ भने फागुन २ गते अर्जुनधारा–२ स्थित नवज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिनेछ ।

त्यस्तै उपाध्यक्ष भीम बरालको जन्म दिनको अवसरमा फागुन ६ गते अर्जुनधारा–६ स्थित बालसरोकार केन्द्रमा खाद्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको महासचिव मनोज सिटौलाले जानकारी दिए ।