शनिश्चरे माविद्वारा प्रअ खनाललाई सम्मान सहित बिदाई « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

शनिश्चरे माविद्वारा प्रअ खनाललाई सम्मान सहित बिदाई


यलम्वर टाइम्स
६ फाल्गुन २०८०, आईतवार ०८:२३

अर्जुनधारा । शनिश्चरे माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सवमा निवर्तमान प्रअ चेतनाथ खनाललाई सम्मान सहित बिदाई गरिएको छ ।

प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरको बाहुल्यबाट प्रअ खनाललाई सम्मानसहित बिदाई गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन लगायतले अवकाशपछिको बाँकी जीवनको शुभकामना दिएका थिए भने आजै (आईबार) शनिश्चरे माविमा स्थापित छात्रवृद्धि पनि वितरण गरिएको छ ।

कार्यक्रममा सांस्कृतिक, वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो भने शिक्षकशिक्षिकाहरुले समेत सांगीतक प्रस्तुती दिएका थिए ।

डिल्लीराम दाहालको अध्यक्षतामा भएको वार्षिकोत्समा सांस्कृतिक प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।