जुकेखाडी सावको चुनाव चैत्र ५ गते हुने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

जुकेखाडी सावको चुनाव चैत्र ५ गते हुने


यलम्वर टाइम्स
१२ फाल्गुन २०८०, शनिबार ०२:१०

जुकेखाडी । जुकेखाडी सामुदायिक वनको चुनाव आगामी चैत्र ५ गते हुने भएको छ ।

शुक्रबार निर्वाचन समिति र क्रियाशिल राजनीतिक दल बीच भएको अन्तरक्रियामा निर्वाचन चाँडो टुङ्ग्याउनुपर्ने सुझाव आएपछि निर्वाचन समितिले बैठक बसी चैत ५ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।

राजनीतिक दलसँग अन्तरक्रिया गर्दा चुनावलाई पूर्ण रुपमा सम्पन्न गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता पनि आएको थियो । त्यसैलाई आधार मान्दै विधान त छलफल गरि निर्वाचन तालिका सम्बन्धि निर्णय गरिएको छ ।

संयोजक दिपीन राईको सभापतित्वमा भएको छलफलमा पुनः नयाँ समिति सौहार्दपूण निर्माणका लागि दलहरुसँग १४ गते बस्ने भएको छ ।