इलाम क्षेत्र नं. २ मा जनमुक्तिका अध्यक्ष उठ्ने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

इलाम क्षेत्र नं. २ मा जनमुक्तिका अध्यक्ष उठ्ने


यलम्वर टाइम्स
१२ फाल्गुन २०८०, शनिबार ०२:३०

लारुम्बा । पहिचानवादी नेता तथा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले इलाम क्षेत्र नं. २ बाट उठ्ने संकेत दिएका छन् ।

पहिचान पक्षधर दलहरुले सर्वसम्मत प्रस्ताव गरे उठ्ने तयारी रहेको पार्टीका उपमहासचिव विष्णु थाङ्देनले आफ्नो फेसबुक पेजबाट व्यक्त गरेका छन् ।

लामो समयसम्म जातीय मुक्ति र स्वाधिनताको लागि लड्दै आएका पालुङ्वा यसअघि पनि सोही क्षेत्रबाट सम्मानित मत ल्याई सहानुभूति बटुल्न सफल भएका थिए ।

उक्त क्षेत्रमा अध्यक्ष पालुङ्वा उठ्दै गर्दा सो क्षेत्रका समस्या बुझिसकेका हुनाले सर्वसम्मतका लागि पार्टीले प्रस्ताव गरेको जनाएको छ ।

इलाम क्षेत्र नं. २ अत्याधिक आदिवासी जनजाति बसोबास गरेको क्षेत्र भएको हुँदा भूगोल पनि चिनिसकेका र पहिचान पक्षधरसँग चिरपरिचित भएको हुनाले उठ्ने मनसाय भएको बताइएको छ ।