बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्वाचित « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्वाचित


यलम्वर टाइम्स
१६ फाल्गुन २०८०, बुधबार १०:२६

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् ।

लोकतान्त्रिक व्यावसायिक प्यानलकाको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार बनेका न्यौपाने मतगणनाको अन्तिम मतपरिणाम अनुसार ७०५ मतान्तरले बिजयी बनेका हुन् ।

न्यौपानेले २२२५ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत ल्याएका छन् । केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरु विजय भएका छन् ।

१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलका बिजयी भएका छन् ।