जुकेखाडी सामुदायिक वनमा त्रिपक्षी भिड्न्त « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

जुकेखाडी सामुदायिक वनमा त्रिपक्षी भिड्न्त


यलम्वर टाइम्स
२५ फाल्गुन २०८०, शुक्रबार ०८:५४

जुकेखाडी । चैत्र ५ गते हुने जुकेखाडी सामुदायिक वनको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

वनको नेतृत्व गर्नका लागि एकापट्टि एमाले, माओवादी, जनमुक्ति र राप्रपाले गठबन्धन गरेका छन् भने अर्कोतर्फ नेपाली कांग्रेस, नेकपा एसको गठबन्धन चुनावी मैदानमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी भने एक्लै भिड्दै छन् ।

प्रगतिशिल हरियाली प्यानलबाट वनको अध्यक्ष पदका लागि नरेन्द्रप्रसाद मिश्रले उम्मेद्वारी दिएका छन् भने लोकतान्त्रिक प्यानलबाट मोहन श्रेष्ठको उम्मेद्वारी परेको छ । त्यस्तै स्वतन्त्रबाट भोलानाथ पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।

प्रगतिशील प्यानलतर्फबाट उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा क्रमशः नारायण पौडेल, उर्मिला कटुवाल अधिकारी, सोमनाथ चापागाई र मलिना जवेगु इङ्नामले उम्मेद्वारी दिएका छन् ।

यसरी नै सदस्यहरुमा नरेन्द्रप्रसाद ओझा, अनिता खाती, नगेन्द्रप्रसाद नेपाल, लत्ता भट्टराई, कृष्णप्रसाद बाँस्कोटा, निरुता लिम्बू, खगेन्द्र पराजुली, लक्ष्मी दर्जी दमाई, यामनाथ पराजुली, सरस्वता थापाले उम्मेद्वारी दिएका छन् ।

लोकतान्त्रिक प्यानलबाट उपाध्यक्षमा लक्ष्मीराम शर्मा, सचिव कमला रिमाल, सहसचिव लोकेन्द्र कार्की र कोषाध्यक्षमा रञ्जना कुँवरले उम्मेद्वारी दिएका छन् ।

सोही प्यानलबाट सदस्यहरुमा अम्बिका सुवेदी, यामबहादुर थापा, नारायणीकुमारी सुवेदी, तारानाथ बाँस्कोटा, गीता खड्का, ज्ञानबहादुर कार्की, सविताकुमारी धौलाकोटी, लिलक मगर, बिमला काफ्लेले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै स्वतन्त्रबाट उपाध्यक्षमा खम्बबहादुर दाहाल, सचिव जानुका खतिवडा, सहसचिव टेकनाथ निरौला र कोषाध्यक्षमा कुलमाया बुढाथोकीले उम्मेद्वारी दिएकी छिन् ।

सदस्यहरुमा तेजप्रसाद निरौला, उर्मिला पौड्याल, आरजु गिरी दाहाल, सुमन बुढाथोकी, बितिशा विश्वकर्मा, पुण्यप्रसाद दाहाल, गंगा कार्कीको उम्मेद्वारी परेको जनाइएको छ ।

सामुदायिक वनको क्षेत्र नं. १ मा चन्द्रमणि शिवाकोटीले छुट्टै उम्मेद्वारी दिएको निर्वाचन आयोगका अध्यक्ष दिपीन राईले जानकारी दिए । यस्तै झलक याम्फुले उपाध्यक्ष पदमा उम्मेद्वारी दिए पनि पछि फिर्ता लिएको जनाइएको छ ।