प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा गौरी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा गौरी


यलम्वर टाइम्स
१० चैत्र २०८०, शनिबार ०३:३२

अर्जुनधारा । प्रदेश नं. १ को खेलकुद विकास बोर्डको सदस्यमा झापाका गौरीमान राई नियुक्त भएका छन् ।

सामाजिक क्षेत्रमा क्रियाशिल राईलाई प्रदेश सरकारले शुक्रबार बोर्डको सदस्यमा नियुक्त गरेको हो । जसपासँग नजिक रहेका राई बिर्तामोड निवासी हुन् ।

त्यस्तै प्रदेश नं. १ प्रदेश सभाकी पूर्वसांसद विन्दिया कार्की प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त गरिएको छ ।

शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले कार्कीलाई रिक्त रहेको प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

कार्की प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् ।

यस्तै विकास बोर्डको सदस्यमा मदन खड्कालाई पनि नियुक्त गरिएको जनाइएको छ ।