दुर्घटनामा परि पूर्व अर्थ राज्यमन्त्रि सहित ८ जनाको मृत्यु,दर्जनौ घाईते « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

दुर्घटनामा परि पूर्व अर्थ राज्यमन्त्रि सहित ८ जनाको मृत्यु,दर्जनौ घाईते


यलम्वर टाइम्स
१३ श्रावण २०७३, बिहीबार १२:२९

dhankuta copy

सन्तवीर लामा
धनकुटा / संखुवासभाको मुढेसन्सरे वजार देखी धरान तर्फ आईरहेको यात्रुवाहक वस विहिवार दिउँसो १२ वजे धनकुटाको परेवादिन गाविस वडा नं.५ स्थित् दुर्घटना हुँदा ७ जनाको घट्ना स्थलमा मृत्यु भएको छ ।
वा.२ ख. ७३६६ नम्वरको डाँफे मुनाल वस धरान तर्फ आउने क्रममा सिधुवा वजार देखी नजिकै २ सय मिटर उत्तर हिलटप होटल नजिकै चर्ज मोडमा दुर्घटनामा परेको हो । दुर्घटना स्थलमा १ वालिका, ३ महिला र ३ पुरुषको मृत्यु भएको थियो । दुर्घटनामा परि धनकुटा हात्तिखर्क–६ घर भएका पुर्व अर्थ राज्य मन्त्रि एवं नेकपा माओवादी केन्द्रका धनकुटा जिल्ला अध्यक्ष हरिराज खेवा लिम्वुको घट्ना स्थल मै मृत्यु भएको छ । उनी दोश्रो संविधान सभाको निर्वाचनमा धनकुटा–२ नम्वर क्षेत्रवाट एनेकपा माओवादीको तर्फवाट उम्मेद्धारी दिए पनि राप्रपाका सुनिल वहादुर थापासंग पराजित भएका थियो । पहिलो संविधान सभा भने उनी प्रत्यक्ष निर्वाचनमा पुर्व प्रधानमन्त्रि सुर्यवहादुर थापालाई पराजित गरेर विजय हात पारेर अर्थ राज्य मन्त्रि समेत भएका थिए ।
मन्त्रि खेवा पार्टीका पुर्व जिल्ला सदस्य मारेककटहरे घर भएका याम कुमार कार्कीको वुवाको निधन भएकोले सोही क्रममा समवेदना व्यक्त गर्न गएर विहिवार फर्कने क्रममा चित्रेवाट १५ मिनेट अगाडी वस चडेका थिए ।
त्यसैगरी घट्नामा परि मृत्यु हुनेहरुमा परेवादिन–५ की तारा वस्नेत, निजकी छोरी अन्दाजी वर्ष ४ की रेखा वस्नेत, परेवादिन–७ की वर्ष ४८ की अतिमाया तामाङ, धरान–२ अन्दाजी वर्ष ५१ का वेदप्रकास अग्रवाल,परेवादिन–५ की अन्दाजी वर्ष–५० की खिनमाया भट्टराई र काभ्रे जिल्ला घर भै वुढीमोरङ्ग गाविस–८ मुलघाटमा वस्दै आएका वसका चालक सनम तामाङ रहेका छन् भने वाँकी घट्ना स्थलमै मृत्यु भएका १ जनाको नाम खुल्न सकेको छैन ।
यात्रु वाहक वसमा ४० जना भन्दा वढी यात्रु रहेको र दुर्घटना स्थलमा आउनु भन्दा १ किलो मिटर माथि देखी वस ब्रेक फेल भै अनियन्त्रित भएर गोलाईबाट तल झरेको घाईते भोला थापाले वताएका छन् । उनले चालकले ब्रेकफेल भएको सवै यात्रुलाई जानकारी गराएको वचाउने प्रयास गर्दा गर्दै वस दुर्घटनामा परेको वताए । वस अनियन्त्रित भए पछि सवै यात्रुले वस भित्तामा हान भन्दा भन्दै स्ट्रिङ्ग नकाटिए पछि भिरवाट १ सय मिटर तल खसेको उनले वताए । थापाले वसले सडक छोडे पछि उतिसको रुखमा ठोकिएको मात्र याद भएको वताए ।
वस सडक देखी १ सय मिटर तल परेवादिन–५ का टंक लिम्वुको घर नजिकै वारीको पाटामा पुगेर अडिएको थियो । दुर्घटनामा परेको वसमा कति यात्रु थिए एक्किन नभएकाले मृत्यु भए देखी वाहेक सवै घाईते भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाले जनाएको छ । घाइतेहरुको उपचार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भैरहेको प्रहरीले जनाएको छ ।