धरान / राष्ट्रिय जनमुक्ति पार्टी नजिक लिम्बूवान राज्य परिषदले श्रावण २२ गते शान्तिपूर्ण लिम्बूवान बन्द क्षेत्र बन्द गर्ने भएको छ । १८२२ श्रावण २२ मा लिम्बूवानको अधिपत्य शाह वंशी राजा र त्यस बेलाका शासकले लालमोहर खोसेको भन्दै बन्द गर्न लागिएको हो ।
धरानमा सम्पन्न लिम्बूवान राज्य परिषदको बैंठकले पार्टीले प्रत्येक साल गर्दै आएको श्रावण २२ गतेको बन्दलाई जीवन्त कायम गर्न यसपालि पनि शान्तिपूर्ण बन्द गर्न लागेको बताएका छन् । शान्तिपूर्ण बन्दको सन्देश दिन लिम्बूवान इन्चार्ज चन्द्र खापुङहाङको संयोजकत्वमा विभिन्न उपसमिति समेत निर्माण हुने जनाएका छन् । उक्त सन्देश छर्नका लागि प्रचा पम्प्लेट र २२ गते बन्दका लागि यातायात व्यवसायी, विभिन्न संघसंस्थालाई आह्वान गर्ने जनाएका छन् ।
कार्यक्रममा निवर्तमान सहअध्यक्ष शरणकुमार लिम्बुको प्रमुख अतिथ्यमा श्रावण २२ लाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको थियो । भेलामा अनुगमन तथा अनुशासन विभाग रामबहादुर तुम्वहाम्फे, केन्द्रीय उपाध्यक्ष मीना पन्धाक, लिम्बूवान अध्यक्ष एवी पन्धाक, केन्द्रीय सदस्य शानु सुब्बा, बुद्धिमान लिम्बू, अग्नीप्रसाद तुम्वाफो लगायतले बन्द कार्यक्रम कार्यान्वय गरेर जानुपर्ने बताए ।