जनमुक्तिको सहयोगी हात « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

जनमुक्तिको सहयोगी हात


यलम्वर टाइम्स
४ श्रावण २०७३, मंगलवार १२:४५

धरान / राष्ट्रिय जनमुक्ति पार्टी संखुवासभाका कोषाध्यक्ष शुभदेवी राईका श्रीमान पार्टीका क्रियाशिल सदस्य सुरेन्द्र राईको उपचारार्थका लागि ३३ हजार ८ सय ३० रुपैयाँ सहयोग प्रदान गरेको छ ।
कामको शिलशिलामा13815029_787547751382219_239236737_n सुरेन्द्रको लडेर मेरुदण्ड भाँचिएको थियो । कार्यकर्ताहरुको मनोबल उच्च पार्न पार्टीले सहयोग गरेको केन्द्रीय सचिव पदम जवेगुले बताए । राईलाई उपचारार्थको लागि केन्द्रीय उपाध्यक्ष लिम्बूवान इन्चार्ज चन्द्र खापुङहाङले १५ हजार, शानु सुब्बा ५ हजार, रामबहादुर तुम्बहाम्फे
२ हजार, अम्मरबहादुर पन्धाक २ हजार, शरणकुमार लिम्बू १ हजार, मीना पन्धाक १ हजार, चेतबहादुर लिङ्खेप १ हजार, बुद्धिबहादुर केरुङ १ हजार, पुरण राई १ हजार, सुमन सुब्बा १ हजार, चन्द्र लिङ्खीम १ हजार, पदम जवेगु १ हजार, पूर्णकला लिम्बू ५ सय, बलबहादुर थक्लुङ ५ सय, भद्र तमु ५ सय, अग्नीप्रसाद तुम्वाफो २ सय, राजेन्द्र श्रेङ चोम्वाङ १ सय ३० प्रदान गरिएको छ ।
अम्मरबहादुर पन्धाकको सभापतित्वमा भएको कार्यक्रममा हालै निर्वाचित केन्द्रीय सदस्य सागर रेग्मीलाई एक समारोह बिच सम्मान गरिएको थियो ।