बिरिङ नदीमा चार करोड खर्च, कटान उस्तै « Yalambar Times
३० भाद्र २०८१, आईतवार

बिरिङ नदीमा चार करोड खर्च, कटान उस्तै


यलम्वर टाइम्स
५ श्रावण २०७३, बुधबार ११:२६

शनिअर्जुन / जनताको तटबन्धन फिल्ड कार्यक्रम नम्वर १ गैडेंद्वारा बिरिङ नदी नियन्त्रणका लागि करिब ४ करोड रकमले तटबन्धन गरिएतापनि नदी पीडित जनतासँग प्रत्यक्ष सहकार्य नगरी जथाभावी तटबन्धन गरी सकेपछि यतिबेला बिरिङ नदीले दुःख दिन थालेपछि पीडितहरुले गुनासो गर्न थालेका छन् ।

5555

साउनबाट वर्षा व्यापक हुन थालेपछि खोलाको बाहक निर्माण भएका तटबन्धनलाई छाडेर वृक्षरोपण गरिएका भूभाग तर्फ कटान तिब्र भएपछि बिरिङ जलाधार ब्लक नं. ७ का साधारण सदस्य खेम काफ्ले लगायत केहीले यस्ता गुनासा
गरेका हुन् ।
‘जनताको तटबन्धनमा कति रकम आए, कति बाँकी नदी पीडितहरुसँग सरोकार राखी काम थालिनुपर्ने थियो त्यसो नहुँदा आफू खूशी काम गरिएको देखियो त्यस्ता कार्य कमजोर भएको हो भन्न सकिन्छ’– काफ्लेले भने । उनका अनुसार खोलाले मलाई दुःख नदिएतापनि खोलाका किनारमा रहने जग्गा धनीलाई दुःख दिएको छ ।

4444

त्यसो त बिरिङ नदी क्षेत्रमा तटबन्धन भएको देखिन्छ, कहाँ कसरी गर्ने भन्ने विषयमा आफूहरुलाई नसोधिएको ब्लक नं. ७ का अध्यक्ष युवराज पौडेलले बताए । ब्लक नं. ७ मा पछिल्लो पटक तटबन्धनका नाममा बाटो उत्तर, पूर्व र मिनी पुल नजिक गरिएतापनि पश्चिम तर्फका भागमा भने तटबन्धन नगरिदा यस्ता गुनासा उठ्नु स्वाभाविक रहेको पौडेलले बताए । ब्लक नं. ७ मा मात्र ३ ठाउँ तिब्र क
टान हुँदै गएको बताइएको छ ।

तटबन्धनका नाममा चार करोड रकम खर्चिएतापनि सम्बन्धित असर पर्ने ठाउँमा गएर अनुगमन, अनुसन्धान नगरी पहुचवालाको क्षेत्रमा मात्र तटबन्धन गरिए यसले सम्बन्धित क्षेत्रलाई हेर्ने दृष्टिकोण नराम्रो हुन जाने पीडित पक्षहरुको भनाई छ । यस विषयलाई लिएर गैडेंमा कार्यरत एक इन्जिनीयर ९८०६०३७६७४ मा सम्पर्क गर्दा काम सम्पन्न भएको हो, के कसरी सम्पन्न भयो त्यसको विवरण हामी दिने छौं र आउँने दिनहरुमा सच्याएर अगाडी बढ्ने बताए ।