माग पुरा नभएसम्म साउन २२ कालो दिनको रुपमा मनाइन्छ : उपाध्यक्ष चन्द्र खापुङहाङ « Yalambar Times
२१ आश्विन २०८१, सोमबार

माग पुरा नभएसम्म साउन २२ कालो दिनको रुपमा मनाइन्छ : उपाध्यक्ष चन्द्र खापुङहाङ


यलम्वर टाइम्स
८ श्रावण २०७३, शनिबार ०३:५१

धरान / राष्ट्रिय जनमुक्ति पार्टीका लिम्बूवान इनचार्ज तथा पार्टी केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङहाङले साउन २२ लाई कालो दिनको रुपमा मनाउँदै त्यस दिन लिम्बूवानी क्षेत्र बन्द हुने कुरा बताएका छन् ।

janmukti
सुनसरीको धरानमा नेपाल पत्रकार महासंघको भवनमा पत्रकार सम्मेलन गर्दै यस्तो कुरा बताएका हुन् । पार्टी उपाध्यक्ष खापुङहाङले १८३१ लिम्बूवानी जनताको भूभाग सत्ता पक्ष शाह वंशीयले हडपेको दिन भएको हुँदा लिम्बूवानी जनताको अधिकार सुनिश्चित नभएसम्म जुनसुकै सत्ता प्रमुख हुन्, साउन २२ लाई कालो दिनको रुपमा मनाइने बताए । उनले जातीय मुक्ति राष्ट्रिय स्वाधिनता प्रधान गर्न राष्ट्रिय जनमुक्ति बाहेक अर्को दल नभएको भन्दै समग्र नेपालीहरुको मुक्तिका लागि जनमुक्ति पार्टी जनताको पार्टी भएर उदाएको बताएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विष्णु थाङ्देनले लिम्बूवानी जनताको पीर मार्का र आवज उठाउने दल जनमुक्ति भएको हुँदा साउन २२ जनमुक्तिको लागि फाप सिद्ध समय नभएको बताए । उनले जुनसुकै सरकार आए पनि लिम्बूवानलाई हेर्ने नीति सामन्ती शैली र एकात्मकवाद भएको हुँदा त्यसलाई तोड्न जनमुक्ति बाहेक अर्को दल नभएको बताए ।
लिम्बूवान अध्यक्ष एवी पन्धाकले लिम्बूवानी दलहरु हराउँदै गएको अवस्थामा जनमुक्तिले उठाएको विचारलाई साथ दिन आग्रह गरे । पत्रकारले सोधेको प्रश्नमा साउन २२ गते लिम्बूवानका ९ वटै जिल्लामा कार्यकर्ता परिचालन गरिने शान्तिपूर्ण यातायात, कलकारखाना, बजार बन्द रहने घोषणा गरे ।
सुनसरी जिल्ला अध्यक्ष विवेक राईले सञ्चालन गरेको कार्यक्रममा पूर्णकला लिम्बूले स्वागत गरेका थिए ।