भक्तजनको ओहिरो « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

भक्तजनको ओहिरो


यलम्वर टाइम्स
१७ श्रावण २०७३, सोमबार १३:०८

Arjundharaशनिअर्जुन / बोल बम, बोल बम भन्दै बिहान ३ बजेबाट आउनेहरुको चापसँगै यस क्षेत्रका धर्मानुरागीहरु श्रावणी पर्वमा शिवमा जलापर्ण गर्न त्यतिकै भिड देखिन्थ्ये । विभिन्न नदी तलाउबाट पानी बोकी बोल बम भन्दै शिव लिङ्गमा पानी अर्पण गर्दा चिताएको पुग्ने भएको धार्मिक विश्वास रहेको हुँदा अर्जुनधारा जलेश्वरधाममा भक्तजनहरु आउने गरेका छन् ।

धामका महासचिव विष्णु निरौलाका अनुसार दिनानुदिन जल चढाउन आउने भक्तजनहरुको संख्या बढ्दै गएको छ । आजमात्र २५ हजारभन्दा बढी भक्तजनहरु लामबद्ध भएर जल चढाएका थिए । भक्तजनहरुको सेवा सुविधाका लागि अर्जुनधारा जेसीजको सक्रिय सहभागिता थियो भने मन्दिर परिषरभित्र समितिका मात्र होइन । विभिन्न संघसंस्थाका स्वयम्सेवकहरुको पनि सहयोग रहेको थियो ।

साउनको यो महिना शिवको अपार शक्ति भएको महिना भएको हुँदा सोमबार जल चढाएर नयाँ कामको सुरुवाद गर्दा सफलता मिल्ने भएको हुँदा विशेष पूजापाठ सहित सोमबारे पूजा गरिदै आएको बताएका छन् । अध्यक्ष नविन गट्टानीको तर्फबाट श्रावणी पर्वमा जल चढाउन आउनेहरुलाई निःशुल्क चियाको व्यवस्था समेत गरिएको छ ।

जल चढाउन झापा, मोरङ भारतको सिक्किम, दार्जिलिङबाट समेत आएका थिए ।