जनमुक्ति अध्ययन प्रतिष्ठान « Yalambar Times
२९ भाद्र २०८१, शनिबार

जनमुक्ति अध्ययन प्रतिष्ठान


यलम्वर टाइम्स
१७ श्रावण २०७३, सोमबार १३:१४

janamukti

धोविघाट / २५ वर्षको विरासत बोकेको राष्ट्रिय जनमुक्ति पार्टीले अब संसारभरीका राजनीतिक कर्मीहरुलाई पार्टीको दस्तावेज जानकारी गराउन जनमुक्ति अध्ययन प्रतिष्ठान निर्माण गरेर जाने भएको छ ।

काठमाण्डौंमा १३ गतेबाट जारी महाधिवेशनपछि प्रथम राष्ट्रिय बैठकले प्रतिष्ठान खडा गरेर संसारभरका राजनीतिककर्मी, शुभचिन्तक र नजिक भएर काम गरिरहेकाहरुका लागि उक्त प्रतिष्ठान अध्ययन केन्द्रको लागि सक्रिय हुने बताएका छन् । प्रतिष्ठानका सञ्चालनका लागि पार्टी महासचिव केशव सूर्यवंशीलाई जिम्मा दिइएको छ ।

पार्टीले बाढी पीडितहरुका लागि सहयोग गर्न आ–आफ्नो क्षेत्रबाट पहल गर्ने साथै राज्यले पीडितहरुका लागि चाडोभन्दा चाडो राहत उपलब्ध गराउन माग गरेका छन् भने भूकम्प पीडितहरुको अवस्थालाई राज्यबाट गरिएको व्यवहार ठीक नभएको भन्दै चाँडोभन्दा चाँडो भूकम्प पीडितहरुलाई सेवा प्रदान गर्न जोडदार माग गरेको छ ।

केपी सरकार हट्नु सकारात्मक कदम भएको बताउँदै बैठकले अब बन्ने सरकार राष्ट्रिय स्वरुपको सरकार हुनुपर्ने जोडदार माग गरेको छ । राष्ट्रिय सरकारले आधारभूत देखिएका समस्याहरुलाई र जनताले उठाउँदै आएको मागलाई समाधान गर्न राष्ट्रिय जनमुक्ति पार्टी आग्रह गर्दछ । संघीय गठबन्धनको क्रियाकलाप सकारात्मक भएको ठहर गर्दै गठबन्धकै सक्रियताबाट जनताले चाहेको माग प्राप्त हुन सक्ने बैठकले ठहर गरेको छ ।

पार्टीले आन्तरिक संगठनलाई सक्रिय बनाउन भदौ महिनादेखि घरदैलो अभियान सदस्यता वितरण संविधान पुनर्लेखन सम्बन्धि चेतनामुलक गोष्ठी लगायत विभिन्न आन्दोलन गर्दै जाने भएको जानकारी गराइएको छ भने असोज १०, ११, १२ गते मकवानपुरमा परिषद्को बैठक बस्ने भएको छ ।

बैठकले १७ वटा विभाग खडा गरेको छ । खेदकुद, बुद्धिजीवि, परराष्ट्र जस्ता रहेका छन् भने पार्टीका क्रियाशिल सिद्धि तुम्वहाम्फे, कर्णविक्रम लिम्बू, चेत आले, पृथ्वीबहादुर बेघा, टेक पुन, पुरणध्वोज गुरुङ लगायतलाई नियुक्ति गरेको छ । पार्टीले केन्द्रिय कार्यालयको संरचना निर्माण गर्नका लागि पदम जवेगुलाई जिम्मा दिइएको सञ्चार संयोजक टोप अस्लामीले जानकारी दिए ।

आजै पार्टीले रिपोटर्स क्लबमा गइ पत्रकार माझ आफ्नो धारणा सार्वजनिक गरेको महासचिव केशव सूर्यवंशीले बताएका छन् । बैठक पार्टी अध्यक्ष केपी पालुङ्वाको र संरक्षक एमएस थापाको सक्रियतामा सम्पन्न भएको थियो । बैठक पार्लियामेन्टि शैलीमा सञ्चालन भएको थियो ।