अब ७११ शौचालय बन्न बाँकी « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

अब ७११ शौचालय बन्न बाँकी


यलम्वर टाइम्स
१८ श्रावण २०७३, मंगलवार ०९:००

ngp photo

शनिअर्जुन / छोटो समयमा नै शनिअर्जुन नगरपालिकालाई खुल्ला दिशा मुक्त बनाउने उद्देश्यले लागेको नगरपालिकाले आउने मंसीर मसान्तभित्रमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेरै जाने अठोट गरेको छ ।

नगरपालिकामा केही दिनअघि भएको भेलाले उक्त निर्णय गरेको नगरपालिकाका खरिदार कृष्ण नेपालले यलम्वर टाइम्सलाई जानकारी गराए । नेपालका अनुसार यही असार मसान्तमा घोषणा गर्ने लक्ष्य रहेको थियो । विकासका धेरै कामहरु गर्नुपर्ने र नयाँ नगरपालिकासँगै नगरबासीका कठिनाइहरुलाई ध्यानमा राख्दै आउने मंसीर मसान्तसम्ममा निर्णय गरेर जाने राजनीतिक दल र खट्दै आएका संघसंस्थाका प्रतिनिधिहरुको बिचको छलफल पछि निर्णय निकालिएको हो ।

वडा नं. १ मा १२४५ घर घुरी रहेतापनि अब ८० घरमा मात्र शौचालय बन्न बाँकी रहेको चन्द्रकला निरौलाले जानकारी दिए भने वडा नं. २ मा ९८३ घरधुरी भएतापनि २५ घरधुरी शौचालय बनाउन बाँकी रहेको बेनुका दाहालले बताइन् । यसरी नै वडा नं. ३ मा १२४४ घरधुरी भएकोमा १४० घरधुरीमा शौचालय बन्न बाँकी रहेको गीता खनालले जानकारी दिएन भने वडा नं. ४ मा ९६२ घरधुरी भएको ठाउँमा २ घरधुरी शौचालय बनाउन बाँकी रहेको माधव भण्डारीले जानकारी दिए । वडा नं. ५ मा १०१४ घरधुरी मध्ये ४ वटा घरधुरीमा शौचालय बनाउन बाँकी रहेको केदारमान बस्नेतले जानकारी दिए । वडा नं. ६ मा ६६५ घरधुरी मध्ये ३५ घरधुरी शौचालय बनाउन बाँकी रहेको शान्ति चौहानले बताए । यसरी नै वडा नं. ७ मा १५६० घुरधुरी मध्ये ८० घरधुरी शौचालय बनाउन बाँकी रहेको यधु विमलीले बताए । यसरी नै वडा नं. ८ मा ९६४ घरधुरी मध्ये १८५ शौचालय बनाउन बाँकी रहेको सञ्जीव सापकोटाले बताए भने वडा नं. ९ मा १८६३ घरधुरी मध्ये १६० घरधुरी शौचालय निर्माण गर्न बाँकी रहेको हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

नगर अधिकृत रुद्रप्रसाद न्यौपानेको सक्रियता राजनीतिक दलको क्रियशिलता र स्थानीय संघसंस्थाको उल्लेखीय सहभागितामा खुल्ला दिशामुक्त क्षेत्र घोषणामा जुटेको नगरपालिकाले जनाएको छ ।

खानेपानी सरसफाई डिभिजन कार्यालयका रुद्रबहादुर न्यौपानेको सहजीकरणमा भएको कार्यक्रममा शनिअर्जुन नगरपालिका मंसिर मसान्तसम्ममा खुल्ला दिशामुक्त क्षेत्र नगर हुने विश्वास रहेको बताए ।