भद्रपुर/ सिटी सफारी चालकद्धयले गरामनी गाविसकी एक १४ वर्षिया वालिकालाई पालैपालो बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर ८ का २२ वर्षिय विनोद यादव र सोही स्थानका २१ वर्षिय राजकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार २४ गते स्कुल जान्छु भनि भाइलाई लिएर हिडेकी वालिका भद्रपुर बजार आएका थिए । घर फर्कने समयमा भद्रपुरको हस्पिटल मोडमा वसिरहेको अवस्थामा विनोदले कुदाउदै आएको मे १ ह १९०८ नम्बरको सिटी सफारीमा राखी घर पुर्याइ दिने भनी विनोद सहित राजकुमार र दिदीभाई साँझ ६ बजे सिटी चढेर गएका थिए । उनहरुले भद्रपुरमा रहेको फिलिम हलमा लगेपनि बन्द भएका कारण केहि समय सिटीमा नै घुमाएका थिए ।
सोहि क्रममा राती ८ बजे भद्रपुर ३ स्थित चिया बगानमा पालैपालो जवरजस्ती करणी गरेकोे जाहेरवालाले दिएको निवेदनमा उल्लेख भएको झापाका एसपी शैलेस थापा क्षेत्रीले बताए । घट्नापछि राती नजिकै रहेको मन्दिरमा भजनकिर्तन हुदैछ पर्सादी खान लगी म सिटी राखेर आउदै छु भनी फरार रहेको साथै उनिहरु नआएपछि रातभर केहि हिडेर एउटा घरको बाहिर बसेर उज्यालो भएपछि चन्द्रगढी आएको घट्ना विवरणमा उल्लेख गरिएको एसपी थापाले बताए ।
पीडितका आमा वुवाले सोधपुछ गर्दा बालिकाको भाइले घट्नाको बारेमा बताएपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा मंगलवार निवेदन दिएका थिए । निवेदन पश्चात फरारको खोजीसगै सोहि दिन राजकुमारले कुदाउदै आएको मे १ ह ४४९ को सिटी छोडेर १५ दिन देखि भद्रपुर हस्पिटल मोडमा रहेको
सिटी सफारी केन्द्रमा प्राविधिकको काम गर्दै आएको स्थानवाट र विनोदलाई हस्पिटल चौकवाटवाट प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पश्चात वुधवार पाँच दिनको म्यादथप गरी जवरजस्ती करणीमा मुद्धा चलाइएको प्रहरीले जानकारी दिएको छ ।बालिकाको स्वास्थ्य परिक्षण भएपनि रिपोर्ट आएको छैन भने बालिका सुरक्षित स्थानमा रहेकी छिन् ।
– See more at: http://blastkhabar.com/news/2016/08/10/9784.html#sthash.wIXsktsZ.dpuf