पत्रकार समदर्शी सम्मानित « Yalambar Times
१० असार २०८२, मंगलवार

पत्रकार समदर्शी सम्मानित


यलम्वर टाइम्स
२७ श्रावण २०७३, बिहीबार १३:०९

samman copy

शनिअर्जुन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाद्धारा स्थापित डिकमान विरही सुनुवार स्मृती पत्रकारिता पुरस्कारबाट रमेश समदर्शी सम्मानित भएका छन् ।

बिर्तामोड स्थित अतिथि सदनमा आयोजित महासंघको १७ औं स्थापना दिवसको अवसरमा उनलाई नगद पुरस्कार १३ हजार १७ रुपैयाँसहित सम्मानपत्रबाट सम्मानित गरिएको छ भने यस वर्षको उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमकी पुष्पा सुब्बा र सनराइज एफएमकी शारदा खवासलाई जनही १५ सय १७ रुपैयाँसहित प्रोत्साहन पत्रबाट पुरस्कृत गरिएको छ ।

फोनिज झापाका अध्यक्ष गणेशमान मुखियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि फोनिजका केन्द्रीय उपाध्यक्ष भैरव आङ्ला रहेका थिए । कार्यक्रममा फोनिजका केन्द्रीय सदस्य इन्द्रजीत मुखिया, नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोखरेल, पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका सचिव एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, इन्द्रसिंह राजवंशी, डिकेश लामा, लिला झापाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघका सहसचिव अमित खम्बूले गरेका थिए ।