नरेश खाती
प्रत्येक वर्षको १२ अगस्टमा विश्वभर ‘विश्व युवा दिवस’ मनाउने गरिन्छ । नेपालमा पनि साउन २८ शुक्रबार ‘विश्व युवा दिवसमा’ सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रमको अयोजना गरी यो दिवस मनाइएको छ । फेरि पनि सरकारका तर्फबाट युवा दिवसको अवसरमा मन्तव्य, वक्त्वयमै औपचारिक कार्यक्रम गरेर मनाइएको छ । युवाहरु भने देशमै शिक्षा, स्वस्थ्य र रोजगार अवसर खोजिरहेका छन् ।
विश्वका विभिन्न देशमा फरक–फरक उमेर समूहका व्यक्तिलाई युवा मान्ने गरिएको छ । संयुक्त राष्ट्रसंघको परिभाषामा, १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानिएको छ । छिमेकी देशहरु भारतमा १५ देखि २९ वर्ष, भुटानमा १३ देखि २४ वर्ष, चीनमा १४ देखि २८ वर्ष, बङलादेशमा १८ देखि ३५ वर्षलाई युवा मानिएको छ । (युवामञ्च) नेपालमा भने राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षको उमेरलाई युवा मानेको छ ।
राष्ट्रिय युवा नीति, २०७२ को परिभाषा मुताविक, नेपालमा १ करोड ६ लाख ८९ हजार ८ सय ४२ युवा रहेका छन् । यो कुल जनसंख्याको ४०.३५ प्रतिशत हो । १५ देखि ५९ वर्षको उमेर समूहलाई सक्रिय जनसंख्या मानिन्छ । नेपालमा सक्रिय जनसंख्या ५९.९६ प्रतिशत रहेको छ । सक्रिय जनसंख्याभित्र युवाको आकार ७०.८३ प्रतिशत छ । युवामा पुरुषको जनसंख्या ४८ लाख ९० हजार ८ सय ८४ छ र महिला ५७ लाख ९८ हजार ९सय ५८ छ । (नेपाल युथ एन्ड फिगर्स, युवा तथा खेलकुद मन्त्रालय)
वैदेशिक रोजगारमा युवाः
इतिहासमा नेपामा पहिलो पटक श्रमको निम्ति सक्रिय जनसंख्या रहेका जनसंख्या विद् बताउँछन् । वि.स. २०६८ को जनगणनामा बालबालिकाको संख्या घटेका देखाएको छ, भने अर्कोतिर काम गरी खान सक्ने जनसंख्या थपिएको छ । यसले आर्थिक उत्पादनको प्रचुर सम्भावना रहेको आशा गर्न सकिन्छ । तर बिडम्बना भनौं, सरदर दैनिक १५ सयभन्दा बढी युवाहरु वैधानिक बाटोबाट विदेशिन बाध्य छन् । आ. व. ०७१/०७२मा नेपाल सरकारले १ सय १० वटा मुलुकलाई वैदेशिक रोजगारका लागि खुला गरेको छ । करिब १४ लाख युवा रोजगारको लागि विदेशमा छन् । प्रत्येक वर्ष श्रम बजारमा ४ लाख ५० हजारभन्दा बढी व्यक्तिहरु आउने गर्दछन् । ती मध्ये अधिकांश रोजगारका लागि विदेशिने गर्छन् । नेपाली युवाहरु आर्थिक उत्पादनका लागि विदेश जानु एउटा अनिवार्य संस्कृति भएको छ । नेपालमा सक्रिय जनसंख्यालाई सदुपयोग गर्न सकिएको छैन ।
दुव्र्यसनमा युवाः
आजका युवा विभिन्न किसिमका दुव्र्यसनमा फसेका पाइएको छ । रक्सी, चुरोट, गाजा, भाङ, अफिम, चरेस लगायत लागूऔष सेवन गरेर धेरै नेपाली युवा दुव्र्यसनी भएको पाइएको छ । नेपालमा कति युवाहरु दुव्र्यसनी छन् भन्ने यकिन तथ्यांक नभए पनि, पछिल्लो समयमा दुव्र्यसनी युवाको संख्या दिनानु दिन बढ्दो छ । समाजमा प्रयोग गरिएको लागूपदार्थको स्रोत ३ प्रकारको पाइएको छ । प्राकृतिक, अर्धप्राकृतिक र रसायानिक लागूपदार्थ । व्यक्तिलाई वास्तविक जीवनबाट अवास्तविक जीवनतर्फ लैजाने लागूऔषध क्षणिक रुपमा सेवनकर्ताको नजरमा उपयोगी देखिए पनि यसले नयाँ–नयाँ कठिन शारीरक तथा मानसिक समस्यातर्फ लैजाने गर्दछ । नेपालमा अधिकांश दुव्र्यसनमा फस्नेहरुमा पहिला चुरोट त्यसपछि गाँजाबाट दुव्र्यसनको संसारमा प्रवेश गरेको अध्ययनबाट देखिएको छ ।
लागूऔषध सेवन लतका कारणहरुमा वंशाणुगत,गर्भावस्थामा आमाले मद्यपान गर्ने, बाल्यकालमा मानसिक आघात, सिकाइलाई सिद्धान्त, साथीहरुको दबाब र आकर्षण विज्ञापन आदि रहेका तथ्य अगाडि आएको छ । त्यसैले गर्दा आजको देशलाई उन्नति पथतर्फ डो¥याउने युवाहरुलाई दुव्र्यसनबाट मुक्त राख्नु आजको आवश्यकता हो ।
सरकारी नीति तथा कानुनः
नेपालको संविधान २०७२, मा रोजगारीको हकलाई मौलिक हकमा राखिएको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक हुने र रोजगारीको शर्त, अवस्था र बेराजगार सहायता संघीय कानून बमोजिम गर्ने व्यवस्था छ । त्यस्तै समानताको हक अन्र्तगत युवा लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्ने भनिएको छ । युवा परिचालन गर्ने गतिशील माध्यमको रुपमा ‘युवा परिषद ऐन’, युथ भिजन २०२५, राष्ट्रिय युवा नीति २०६६ ल्याइएको छ । विभिन्न नीति नियम ल्याए पनि युवालाई परिचालन गर्न सकिरहीएको छैन ।
नेपालमा युवाको संख्या ठूलो हुँदा हँुदै पनि युवाको परिचालनमा सरकार चुकेको देखिएको छ, भने स्वयम युवाले आफ्नो शक्तिलाई पहिचान गर्न सकिरहेका छैनन् । कस्तुरीले आफ्नो नाभीमा सुगन्ध छ भनी, थाहा नपाएर वन–वनमा सुगन्ध खोजे जस्तै, नेपाली युवाहरु आफ्नो भविष्य स्वदेशमा नदेखेर विदेशमा खोजिरहेका छन् । यो ‘विश्व युवा दिवसको’ अवसरमा युवा र सरकार मिलेर देश निमार्ण गर्ने खाका तयार पार्नु नितान्त आवश्यक छ ।