कतार / राष्ट्रिय जनमुक्ति पार्टी प्रवास समिति कतारले रामचन्द्र तिम्सिनालाई जेल मुक्त गर्न ७५ हजार ब्लड मनि सहयोग गरेको छ ।
काँभ्रे कुसदेवी–२ निवासी रामचन्द्र वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थिए । ड्राभिङ पेशामा आवद्ध भई काम गरिरहँदा उनले चलाएको सवारीको ठक्करबाट एक विदेशी नागरिकको मृत्यु भएपछि साउदी अरब अदालतले रामचन्द्रलाई जेल चलान गरेको थियो ।
मृतकका परिवारले रामचन्द्रका परिवारसँग ९० लाख माग गरेको थिए । पछि ९० लाख नभई ३६ लाख तिर्न सके जेल मुक्त हुने र माफी पाउँने सम्झौता भएपछि निज रामचन्द्रलाई जनमुक्ति प्रवास समिति कतारले उक्त रकम कतारमा कार्यरत समाजसेवी रामकृष्ण दाहाल, कमल थापा मगर, दुर्गाप्रसाद भट्टराई र जयराम अधिकारीको समन्वयमा संकलन गरी जनमुक्ति पार्टी केन्द्रीय समितिमार्फत प्रदान गरिएको जनमुक्ति प्रवास समितिका अध्यक्ष राज खम्बूले जानकारी दिए ।
उक्त रकम राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय समितिका पदाधिकारीहरुले पीडितको घरमा पुगि रामचन्द्रका पितालाई हस्तान्तरण गरिएका थिए । रकम हस्तान्तरण गर्दै पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले जनमुक्ति पार्टी जनताको मन–मनमा पस्नको लागि सहयोग गर्न थालिएको जानकारी दिए । अध्यक्ष पालुङ्वाले पार्टी बहुजातीय समाजवादको पक्षमा वकालत गरिरहेकोले प्रत्येक पीडित नेपालीहरुको घर–घरमा उपस्थित हुने समेत बताए ।
रकम हस्तान्तरण कार्यक्रममा पार्टी सहअध्यक्ष मानध्वज ब्लोन, उपाध्यक्ष कमला थापा, कोषाध्यक्ष डब गबुर्जा, केन्द्रीय सदस्य माधव गिरी र स्थानीयहरु बीच रकमको चेक हस्तान्तरण गरिएको थियो ।
उक्त चेक बुझ्दै पीडितका पिता शेरनारायण तिम्सीनाले हामीलाई परेको पीडाका विषयमा कति आह्वान ग¥यौं अन्य कुनै राजनीतिक दल अहिलेसम्म पनि नआएको तर राष्ट्रिय जनमुक्ति पार्टी हाम्रो पीडालाई मल्हम लगाउन यहाँसम्म आएर सहयोग गरेकोमा धन्यवाद दिँदै यस पार्टीको उन्नति र प्रगतिको लागि आफ्नो तर्फबाट सहयोग हुने बताए । उनले चाँडै नै शक्तिशाली पार्टी बन्ने समेत दाबि गरे ।
रकम हस्तान्तरणपछि रामचन्द्रका नानीहरुले –हाम्रा बाबा कहिले हामीलाई भेट्न आउनुहुन्छ भन्दै प्रश्न गरेका थिए । त्यस समयमा पार्टीका अध्यक्ष पालुङ्वाले सबैबाट मद्दत पुगे चाँडै नै फर्केर आउनुहुनेछ भनि जवाफ दिँदा रामचन्द्रका श्रीमती गहभरी आँसु पार्दै ‘अन्य दलले पनि यसरी सहयोग गरिदिए उहाँ फर्केर आउनु हुन्थ्यो होला’ रकम हस्तान्तरण कार्यक्रममा आफ्नो बिलौना सुनाइन् ।