शनिश्चरे अग्र्यानिक केरा बजारको भण्डार « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

शनिश्चरे अग्र्यानिक केरा बजारको भण्डार


यलम्वर टाइम्स
६ भाद्र २०७३, सोमबार १२:११

11

शनिअर्जुन / मेची अञ्चलकै पुरानो केरा बजार शनिश्चरे सम्भवतः पूर्वकै अग्र्यानिक केरा बजारको भण्डारको रुपमा परिचित छ ।

शनिश्चरेमा लाग्ने बजारमध्ये केरा बजार पनि एक हो । यहाँ त्यसको अलवा सुर्ति, कुखुरा, सब्जी, घ्यू, खसी र गोसखान गरी एकै बार सात स्थानमा बजार लाग्ने गथ्र्यो । जनसंख्याको बढ्दो चाप र बजार व्यवस्थापनको सुन्दर पहल हुन नसक्दा घ्यू र कुखुरा बजार पलायन भएर गएको छ ।

कसो–कसो केरा बजार भने व्यापारीहरुले नै जग्गा खरिद गरी हाल चलायमानको रुपमा प्रत्येक शुक्रबार र शनिबार लाग्ने गरेको केरा व्यवसायी लीला तामाङले बताईन् । विषेश गरी घ्यू बजार दुई दशक अघि नै लोप भएर गएको थियो भने कुखुरा एक दशकदेखि बेच्ने स्थानको अभावमा लोप हुँदै जाँदै गरेको अवस्था छ ।

शनिश्चरेलाई सुन्दर बजार परिकल्पनाका लागि त्यस बेला सचेत युवा मञ्चका अगुवा कुमार भट्टराई र चतुर्भुज काफ्ले लगायत लागेका थिए । तर साथ नपाएपछि त्यो योजना अगाडि बढ्न सकेन । आफ्नै तरिकाबाट सञ्चालन हुँदै आएको बजारमा केरा बजारको पहिचान भने कहिल्यै नमेटिने बनाएको व्यवसायी दिलबहादुर सुब्बाले बताए । शनिश्चरेको केरा बजारमा दानाबारी, थाक्ले, खुदुनाबारी, बुधबारे, साधुटार लगायतका क्षेत्रबाट आउने गर्छन् । यस क्षेत्रबाट संकलन गरिएका केरा झापा भरी लाग्ने बजारमा जाने गरेको बताउँछन् ।

22पुराना केरा व्यापारी लीला तामाङका अनुसार यस क्षेत्रबाट जनकपुर, बर्दिबास, राजविराज र दमकमा अत्याधिक माग हुने भएको हुँदा त्यस क्षेत्रमा जाने गरेको छ । त्यस क्षेत्रका मानिसहरु शनिश्चरे बजारबाट आउने केरा अग्र्यानिक भएको हुँदा लोभिने गरेको बताउँछिन् । त्यसो त शनिश्चरे बजारमा बेचिने केरा भनेपछि काठमाण्डौ र पोखराका व्यापारीहरु पनि त्यतिकै आकर्षित हुन्छन् ।

लामो दूरी भएकै करण पु¥याउँदा पु¥याउँदै पाकेर नासिने भएको हुँदा लान नसकिने भएको अर्का केरा व्यापारी उमा बाँस्तोलाको भनाई छ । केरा व्यवसायमा यस क्षेत्रका ५ जना व्यापारी रहेको बताउँछन् । जसमा नरेन्द्र राई, हुसेन महोमद, लीला तामाङ, दिलबहादुर सुब्बा र उमा बाँस्तोला रहेका छन् । ती पाँचै जानको संयुक्त लगानीमा ३ कठ्ठा जमिन र एउटा टहरा निर्माण गरिएको बताएका छन् ।

भद्रपुरबाट आएका राकेश थापा शनिश्चरेबाट लगिएको केरा अग्र्यानिक र मीठो हुने हुँदा जो कोही लोभिनु स्वाभाविकै ठान्छन् । केराको बढ्दो माग भएपछि इलामको दक्षिण क्षेत्र जनता केरा खेति तर्फ आकर्षित हुन पुगेको व्यवसायी लीलाले बताइन् । ‘सिजन हुँदा ४/५ लाखसम्म कारोबार हुने गरेको छ, दशैं तिहार र छठमा भने यसको माग अत्याधिक हुने गरेको छ ।’ व्यवासयी नरेन्द्र राईले भने ।