शनिअर्जुन / फड्के (अस्थायी बाँसको पुल)को माध्यमबाट आवतजावत गर्दै गरेका खुदुनाबारीबासीहरु गए राति आएको बाढीले टाङटिङ नदीको फड्के बगाइ दिँदा विचलनमा परेका छन् ।
फड्केसँगै खुदुनाबारी क्षेत्रमा जाने लाइनका पोलहरु भत्काइदिँदा खुदुनाबारी पुरै अन्धाकार बनेको छ । विगत ५ वर्ष अघिदेखि निर्माण सुरु गरिएको पुल अहिलेसम्म पनि बनिनसक्दा खुदुनाबारी साथै दक्षिण इलामका जनता फड्केबाट आवतजावत गर्दै आएका थिए । त्यो फड्के पनि बाढीले बगाउँदा खुदुनाबारीबासीहरु मारमा परेको स्थानीय झलक याम्फूले बताए ।