लीला राई
शनिअर्जुन / गाउँको स्तर उन्नति वृद्धि भएरहेको बेला शनिर्अुन–२ रमाइलो बस्तीमा शुक्रबारबाट पुराण सुरु भएको छ ।
उक्त पुराणबाट संकलित रकम यस क्षेत्रको विकासका लागि सभाहल निर्माणका साथै दुर्गा पाञ्चायन मन्दिरलाई विकसित गरेर लाने लक्ष्य रहेको छ । गाउँको स्तर वृद्धि भइरहेको बेला विरिङ पश्चिम र टाङटिङ पूर्व विभिन्न कार्यक्रम गर्न सभाहल आवश्यक भएको हुँदा यस क्षेत्रका जनताहरु श्रीमद् भागवत पितृ मोक्ष पुराण लगाएर संकलित रकमबाट मन्दिर सहित भवन निर्माणमा जुटेका छन् ।
पुराणमा पूर्वेली भजन गायक राजु अधिकारी र अर्का प्रखर भजन गायक देविभक्त श्रेष्ठको प्रस्तुति रहने छ । शुक्रबार पुराण उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी देविभक्त श्रेष्ठले मन्दिरको विकासको लागि र सभाहलका लागि आफ्नो तर्फबाट सहयोग गरिने बताएका छन् । उनले समाज विकाससँगै अनेक आवश्यक हुँदा यस क्षेत्रले सभाहलको कल्पना गरेको छ । त्यो अवस्य पुग्ने बताए ।
कार्यक्रममा शनिअर्जुन उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्लेले यस क्षेत्रमा निर्माण हुन लागेको सभाहलसँगै मन्दिरका लागि सबै क्षेत्रबाट सहयोग जुट्ने बताउँदै समिति सक्रिय भएर अगाडि बढे असम्भव भन्ने शब्द नहुने बताए । शनिअर्जुन नगर प्रेस क्लबका अध्यक्ष दिपीन राईले विकासका बाटाहरु धार्मिकसँगै राजनीतिकबाट हुने हुँदा सबै एक भएर अगाडि बढे राम्रो हुने बताए । अर्का अतिथि महिला नेतृ सरस्वति सिटौला गोलेले चुलाचौकाबाट उठेर पुराण सम्पन्न गर्न जुटेको महिलाहरुको आँट र हिम्मतलाई स्वागत गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए ।
दुई खोलाको बिचमा रहेको रमाइलो बस्ती स्थित दुर्गा पाञ्चायन मन्दिर निर्माणपछि खोलाबाट पीडा खेप्नु नपरेको बताउँदै आयोजक समितिका राजकुमार गौतमले भने –दाताको सम्मानलाई हामी भुल्ने छैनौ र मन्दिर समितिले सोचेका कुरा पुराएरै छाड्ने बताउँदै यसमा साथ दिनका लागि सबैमा आग्रह गरे ।
पुराण समितिका अध्यक्ष जगदीश पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस नगर अध्यक्ष हेमराज खरेल, चेतना महिला बहुउद्देश्यीका उमा थापा, आर्थिक समितिका अध्यक्ष तुलसी खतिवडा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा रमेश त्रिखत्रीले ११ हजार १ सय ११ प्रदान गरी गल्ला उद्घाटन गरेका थिए । सोही समयमा विजयकुमार गुरुङले १ हजार, यसोदा निरौला ५ हजार १ सय ५१, निरबहादुर लामिछाने ५ हजार २ सय ५, लक्ष्मीप्रसाद बस्नेतले ५ हजार, इन्द्रकुमारी बुढाथोकीले १ हजार १ सय ११, सिताराम खरेलले १ हजार ५, नरवदा शिवाकोटीले १ हजार ५, भिष्म भट्टराईले १ हजार ५ प्रदान गरेका थिए । कार्यक्रममा मन्दिर समितिका अध्यक्ष यसोदा निरौला, हिरामान शाह, दुर्गा न्यौपाने, चन्द्रकला भण्डारी, दुर्गा कटुवाल, भोला परियार, विदुर भट्टराई, श्रीप्रसाद कटुवाल, दामोदर पोखरेल, युवाराज पौडेल, जग्गादाता रुद्रप्रसाद लामिछाने, देउमाया लामिछाने, पत्रकार मोहन काजी लगायतको आतिथ्य रहेको थियो भने कार्यक्रम सञ्चालन तुलसी श्रेष्ठले गरेका थिए ।
पुराण उद्घाटन हुनुअघि पञ्चेबाजा र पञ्चकन्याका साथ शनिश्चरे बजार परिक्रमा गरिएको थियो । पुराणको उद्घाटन समयमा स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिका अमृत लामिछानेले जानकारी दिए ।