मेरो रेडियो शनिश्चरेको गौरव : मन्त्री बुढाथोकी « Yalambar Times
३१ असार २०८२, मंगलवार

मेरो रेडियो शनिश्चरेको गौरव : मन्त्री बुढाथोकी


यलम्वर टाइम्स
१८ आश्विन २०७३, मंगलवार ११:२०

radioशनिअर्जुन / सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले झापाकै पुरानो बजार शनिश्चरेमा पहिलो पटक मेरो रेडियो स्थापना हुँदा अब शनिश्चरे बजारले नयाँ रुप लिन सक्ने विश्वास व्यक्त गरे ।

घटस्थापनाका दिन रेडियोको उद्घाटन गर्दै मन्त्री बुढाथोकीले गाउँ केन्द्रित भएर ग्रामिणमुखि समाचार सम्प्रेषण गर्दा यस रेडियोको लोकप्रियता कायम गर्न सक्ने बताए । हामी यो बेला जनताको बलिदानी पूर्वक बनेको संविधानलाई स्थायीत्व दिन लागि परेका छौं । त्यसमा आम सञ्चारकर्मीको सहयोग आवश्यक भएको बताए । राज्यको पुनर्संरचनासँगै कर्मचारी प्रशासनको पनि नीति बनाउनु पर्ने हुँदा राज्य यो बेला संविधानलाई अक्षरस पालना गर्दै जानुपर्ने अवस्थामा रहेको बताए ।

कार्यक्रममा सभासद् प्रेमबहादुर गिरीले मुलुक विपु मार्गको सिद्धान्तमा हिडिरहेको हुँदा त्यही सिद्धान्त अनुसार सञ्चार नीतिलाई पनि फराकिलो बनाएर लाने बताए । नेपाली कांग्रेसका सभापति उद्धव थापाले मेरो रेडियोलाई स्थापना गरेर गाउँ केन्द्रित नीतिमा सञ्चारकर्मी लागेको हुँदा यसलाई सहयोग गरेर जाने बताए ।

वरिष्ठ पत्रकार चन्द्र भण्डारीले सञ्चार नीतिलाई राज्यले अझै खुम्चाएर राखेको हुँदा नेपालका रेडियोहरु माथि उठ्न नसकेको बताए । रेडियोका अध्यक्ष शंकर सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत रेडियोका प्रबन्धक कुमार भट्टराईले गरेका थिए ।
भट्टराईले हामी शहर केन्द्रित नभई गाउँ केन्द्रित सिद्धान्त लिएर चलेर जाने बताए । कार्यक्रममा सहारा नेपालका प्रबन्धक महेन्द्र गिरी, खेलकुद जिल्ला अध्यक्ष जलकुमार गुरुङ, पत्रकार महासंघका झापा सभापति भिम नेम्वाङ, शसस्त्र बेस क्याम्पका अध्यक्ष बलदेव गोम्देन, नगर अधिकृत रुद्रप्रसाद न्यौपाने, महिला संघकी केन्द्रिय सदस्य गोमा भट्टराई, डा. प्रल्हाद सापकोटा, लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन लीला अनमोलले गरेकी थिइन् ।

उक्त रेडियो सञ्चालनमा नविन गट्टानी, सुरेन्द्र शाह, मदन बुढाथोकी, लोकबहादुर तामाङ, माधव प्रसाई, रमेश गुप्ता, चन्द्र आचार्य, सन्दीप गट्टानी रहेका छन् । कार्यक्रम समापनपछि प्रबन्धक कुमार भट्टराईले रेडियोलाई सबैले आफ्नो ठानी सहयोग गर्न आग्रह गरेका थिए ।