म सानो छँदाको दशैं « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

म सानो छँदाको दशैं


यलम्वर टाइम्स
२१ आश्विन २०७३, शुक्रबार ११:३१

dashain-ko-tikaरोहिणीविलास लुइटेल

म सानो छँदा, हामी आसाममा थियौं । त्यसबेला (वि.सं. २००५ वा २००६ तिर) को आज संझिदा सपना वा चलचित्रका दृश्यहरु घुमैझैं लाग्छ । संभवतः यसैको नाम संसार हो, निरन्तर सरिरहने हाम्रो जीवन पनि सरिरहन्छ, बाल, युवा, प्रौढ, वृद्ध हुँदै मृत्युपर्यन्त ; पृथिवी, नदी, गाउँ, नगर, बाटाघाटा सरे जस्तै ।

म सानो छँदा हाम्रा गाउँघरमा दशैंका बेला उत्साहका लहर छाएर आउँथे । पन्ध ्रदिन, महिना दिन अघिदेखि नै के पुरुष, के नारी सबै काँधमा कोदालो हालेर, हातमा खुर्पा र खुकुरी बोकेर बाटो निर्माणमा र सरकासफाइमा जुट्थे । पुराना बाटाका वर्तिर पर्तिर झार(जङ्गल फाँडिन्थे । काहीं काहीं नयाँ बाटा निर्माण पनि हुन्थे । स्वच्छ वातावरण ल्याउँदै पर्यावरणलाई स्वस्थ्यकर बनाउँदै, जनजीवन सुधार्ने योजनाहरु अघि सारिन्थे दशैंपर्वमा ।

गाउँघरमा रातदिन ढिकी भक्र्ङच्याङ(भक्र्याङच्याङका संगीत उरालिन्थे । हामी केटाकेटी नयाँ नाना लाएर दहीचिउरा खाएर रमाउँदै मेला घुम्न जान्थ्यौं र फिर्फिर किनेर उफ्री(उफ्री बजाउँथ्यौं । सानो भकुण्डो पनि किनेर खेल्थ्यौं । रमाई(रमाई सिटी बजाउँथ्यौं । यस्तो रामाइलो गर्न वर्षेनी दशैं पर्खिनै पथ्यो । घरमा माता(पिता, जीबा(ज्यामैहरुका हातबाट टीका र जमरा ‘आयुद्र्राेणसुते’ भन्ने श्लोकको मिठो आशीर्वाद थापेर मावलतिर हुइँकिन्थ्यौं । घरमा आफू छोरो परिएकाले दक्षिणा पाउने कुरै भएन । दिदीबहिनीले दक्षिणा पाउँदा आह्रिस मात्र लागेर आउँथ्यो । अनि मावलको संझना आइहाल्थ्यो किनभने मावलमा त भाञ्जा भाञ्जी सबैले दक्षिणा पाउने निश्चित हुन्थ्यो । त्यो वेला गाउँघरमा अबिर पाइँदैन थियो, त्यसैले टीका (दहीअक्षता) सेतै लाउने चलन थियो । रातो टीको लाउने चलन चलेको धेरै वर्ष भएको छैन । हाम्रा गाउँको नाम ‘नौबिल’ थियो । त्यो पुरै गाउँ शाकाहरी थियो । दशैंमा पल्लो गाउँमा खसी काटेको देखेर एकदिन म कुद्दै(कुद्दै आएर घरमा आमालाई ‘हाम्रा गाई–बाच्छा छिटो भित्र लगेर लुकाऊँ, काट्ने मान्छे आउँदैछन्’ भनेछु । अतः हाम्रो गाउँ, म हुर्केको वातावरण अत्यन्त सुसंस्कृत र सभ्य थियो भन्दा अत्युक्ति नहोला ।

नौरथा (नवरात्र) लागेपछि दुर्गाको (माटाको) मूर्ति ल्याएर स्थापित गरिन्थ्यो र घटस्थापनादेखि नवमीसम्म पूजा(अर्चना गरेर आराधना गरिन्थ्यो नौदुर्गा भवानीको । प्रायः गाउँका माझमा कुनै मन्दिर वा विद्यालयका प्राङ्गणमा अस्थायी मन्दिर बनाएर मूर्ति स्थापित गरी नौदुर्गाको अर्चना र सप्तशती चण्डी पाठ नौंदिनसम्म गरेर दशमीका दिन बिहानै त्यो माटोको मूर्ति लगेर नदी वा जलाशयमा विर्सजन गरिदिने चलन आजसम्म छँदैछ । ती नौंदिनसम्म त्यहाँ लाग्ने मेला अद्भूत हुन्थ्यो र मेलाको मुख्य आकर्षण लिङ्गेपिङ हुनेगथ्र्यो, लिङ्गेपिङमा मच्चाउनेको होड चल्थ्यो ।

त्यसबेलाका दशैंमा सबैभन्दा रमाइलो र शिक्षाप्रद कुरो त्यहाँ के थियो भने गाउँमा नाटक खेलिने गथ्र्यो । नाटकलाई त्यहाँ ‘ठेटर’ भनिन्थ्यो । अहिले बुझ्दा अंग्रेजी ‘थिएटर’ शब्दको अपभ्रंश ‘ठेटर’ रहेछ । त्यस्ता ठेटर गराउँनेमा पहिलो मार्गनिर्देशकका रूपमा हाम्रा ‘बा’ पं. नरपति लुइटेल सुपरिचित हुनुहुन्थ्यो । नाटक प्रायः पौराणिक सीतास्वयम्वर, सीताहरण, अभिमन्युवध, मयुरध्वज आदि हुने गर्थे । कवि शिरोमणि लेखनाथ पौडेलद्वारा लिखित ‘लक्ष्मी पूजा नाटक’ नामको नाटक पनि मञ्चन भएको मलाई संझना छ । यदाकदा हाम्रा ‘बा’ पनि आफैं नाटक लेखेर मञ्चन गराउनुहुन्थ्यो । आफूपनि कुनै(कुनै पात्रको (अरुबाट संभव नभएमा) भूमिका पनि पुरुषले निर्वाह गर्ने गर्नुहुन्थ्यो । तत्काल नारीपात्रको भूमिका पनि पुरुषले निर्वाह गर्नु पथ्र्यो । नाटक आदिमा महिलाको भूमिका निषेध ठानिन्थ्यो । नृत्यमा पनि साना केटाहरुलाई केटी बनाएर (जामा, घाग्री लगाइदिएर) नचाइन्थ्यो । तीमध्ये एक यो लेखक पनि हो ।

आसाममा, दशैंमा त्यहाँका आदिवासीहरुले पनि भव्यरूपले दुर्गापूजा गर्छन् , हाम्रैजस्तै । घरघरै टीको लाउन र आशीर्वाद थाप्न चाहिँ जाँदैनन् । दुर्गास्थापना गरेका स्थानमा गएर पुरोहितबाट टीको लाइमाग्छन् । उनीहरु पनि दशैंमा नाटक खेल्छन् तर हाम्रो जस्तो पर्दा टाँगेर होइन, ठूला अस्थायी घर बनाएर, त्यसभित्र खुलारूपमा खेल्छन् । उनीहरु नाटकलाई ‘भाउन्न’ भन्छन् ।
जेहोस् यसप्रकार दशैं आएपछि गाउँ–समाजमा एकप्रकारको जागरण नै प्रस्फुटित हुनेगथ्र्यो । हिजोआजको जस्तो खाने–पिउने र मोजमस्ती गरेर, जुवा(तास खेलेर जथाभावी सम्पत्ति उडाउने शैली त्यसबेला थिएन । दशैं आउनुको अर्थ दुर्गा पूजा चण्डीपाठ आदि गरेर विजयादशमीका दिन मान्यजनबाट टीका–जमरा लाई आशीर्वाद थाप्नुपर्ने मात्र हुन्थ्यो ।

यद्यपि यो प्रथा अद्यावधि विद्यमान छ तर आज त्यो देखौटीमा मात्र सीमित हुँदै गएको छ । हिजोआज सबैभन्दा बढी त ‘दक्षिणा’ फेसनका रूपमा आएको छ । यसले सबैलाई धुरुक्कै रुवाएको छ । ससुराल, माइत वा मावल जाँदा कोसेली लिएर जाने र त्यहाँ दिएका दक्षिणाले कोसेलीको खर्च र बाटाखर्च उठ्छ कि उठ्तैन भन्ने पिरलोले मानिस भुट्भुटिएका छन् । यस्तै–उस्तै कुराबाट वाक्क भएर सिलगढीका प्रसिद्ध साहित्यकार स्व. रामलाल अधिकारीले ‘टीका पनि व्यापार पनि’ भन्ने नाटक लेखेर यो दक्षिणा प्रथा माथि तीखो झटारो नै हानिदिएका छन् । इत्यादि प्रसङ्गबाट हामीले के पाठ सिक्नुपर्छ भने, दशैंमा दक्षिणा दिइने र लिइने प्रथा समाज घातक हो । यसलाई मूलोच्छदन गर्नैपर्ने भएको छ । यो दक्षिणा प्रथा र अंग्रेजी बोर्डिङ स्कूलमा छोराछोरी पढाउने नाममा रुपियाँको खोलो बगाउनु उस्तै उस्तै विडम्बना हुन् ।
प्रसङ्ग वश विजयादशमी पर्वलाई नेपालमा ‘बडादशैं’ भन्ने परम्परा र आर्शीवादका रूपमा ‘आयुद्र्रोणसुते’ भन्ने मन्त्र चलेको इतिहासबारे जिज्ञासा राख्ता हाम्रा ‘बा’ भन्ने गर्नुहुन्थ्यो, जतिबेला वा पूर्वको ज्याति दिङ्ला पाठशाला पढ्न जानुभयो (वि.सं. १९८६ तिर) त्यसबेला त्यहाँ बूढापाका(गुरुहरु भन्ने गर्नुहुन्थ्यो रे त्यसको मूल्य र मान्यताबारेमा –‘अर्जुनले महादेवसँग धनुर्विद्या सिकेर फर्किने बेलामा उनै किरातेश्वर महादेवका प्रजावर्ग किराँतहरुसँग महाभारत युद्धमा आफ्नो पक्षलाई सहयोग गरिदिनुपर्छ’ भन्ने प्रार्थना गरे । नभन्दै महाभारत युद्धमा सहयोग पनि गरे नेपाली किराँतहरुले र विजयी बनाए अर्जुनपक्ष (पाण्डवहरु) लाई । अर्थात् किराँतहरु आफू पनि विजयी भएको उल्लास मनाउँदै नेपाल फर्किए । त्यसपछि उनीहरुले कौरव, पाण्डव र महाभारत युद्धका साथै आर्षग्रन्थको अध्ययन,मनन गरेर,गराएर त्यो आर्षगौरव र मान्यताको परम्परालाई हृदयङ्गम गर्दै आफ्ना किराँत गुरु विद्वान्लाई तदनुसारको एउटा आशीर्वादात्मक श्लोकमन्त्र लेखिदिन सादर अनुरोध गरे ती विजयी किराँत योद्धाहरुले । कोही भन्छन् एकलव्य नै त्यस्ता वीर र विद्वान् थिए र उनैले त्यो मन्त्र लेखिदिएका हुन् । अर्थ पनि लाइदिएका हुन् ।

तत्पश्चात् सर्वप्रथम उनै गुरु एकलव्यबाट समस्त किराँतहरुले ‘बडादशैं’ को उक्त आशीर्वाद प्राप्त गरेका हुन् । अतः यस मन्त्रको उत्पत्ति भएको पाँच हजार वर्ष जति भए । भारतका कुनै विद्वान्ले लेखेका भए भारतमा यो मन्त्र दशैंका आशीर्वादका रूपमा व्याप्त भएर चल्नुपर्ने थियो तर त्यहाँ छैन । यो मन्त्रबारे त्यहाँ कसैलाई थाहा छैन । अतः पिता भन्ने गर्नुहुन्थ्यो यो श्लोक पढेर आशीर्वाद दिने परम्परा विशुद्ध नेपाली हो र किराँत वंशबाटै प्रारम्भ भएको हुनुपर्छ । मेरो ठनाई (यो लेखकको चिन्तन(मननमा) मा पनि ‘आयुद्र्रोणसुते’ भन्ने श्लोक एकलव्य (यलम्बर) बाटै उद्भव भएको हो किनभने यसमा सर्वप्रथम ‘द्रोण’ (द्रोणाचार्य गुरु) नाम उच्चारण भएको छ । द्रोणाचार्य गुरु एकलव्यका गुरु हुन् । त्यसकारण राजनैतिक रूपमा (कुटनीतिका फेला परेर) आफ्नो दाहिने हातको बूढी औंलो उनले पहिले नै चढाइसकेका भएता पनि एकलव्यले नैतिकता, सहनशीलता, सहिष्णुता, उदारता र संयमलाई सर्वोपरि ठानेर अझ राजनैतिक फोहोरदेखि टाढा रहेर, पूर्वाग्रह रहित भएर समस्त मानवजातिलाई मानवताको पाठ पढाउने हेतुले गुरुको नाम सर्वप्रथम उच्चारण सहित समस्त आर्ष(संस्कृतिका प्रतीकका रूपमा यो (आयुद्र्रोणसुते) आशीर्वाद(मन्त्र खडा गरे ।

निष्कर्षमा, आफू सानो छँदाको दशैंवारेको मेरो अनुभव लेख्न थालेको म प्रसङ्गवश बतासिएर कताको टीका(टिप्पणी र कताको विना अभिलेखका समीक्षातिर पो बरालिएँछु तर मुख्य कुरो चाँहि के हो भने कसैले आफ्नो कान नछामी कागका पछि दौडिनु हुँदैन । अनि देखोटी भन्दा पनि यथार्थ धरातलमा उभिएर, च्यादर हेरेर खुट्टा तन्काउनु पर्छ । एउटा चण्डीको श्लोक पनि पढ्छु ः
‘जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा घात्री स्वाहा स्वघा नमोऽस्तु ते ।।
।। अस्तु ।।