अर्जुनधारा जलेश्वरधाम प्रकृतिको वरदान « Yalambar Times
२० आश्विन २०८१, आईतवार

अर्जुनधारा जलेश्वरधाम प्रकृतिको वरदान


यलम्वर टाइम्स
६ मंसिर २०७३, सोमबार ११:५७

2शनिअर्जुन / मुक्तिनाथका स्वामी कमलनयनचार्यले अर्जुनधारा जलेश्वरधाम प्रकृतिले प्रदान गरेको पवित्र धाम भएको बताएका छन् ।

सोमबार जलेश्वरधामद्वारा ३४ औं श्री हनुमत् कथा तथा रुद्राभिषेक महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका नयनचार्यले लामो इतिहास बोकेको यस जलेश्वरधाम पूर्वको पशुपतिनाथ भएको बताउँदै सृष्टिको उत्पत्तिमा शिवको वरदानसँगै अर्जुनले प्यासमा छटपटाइरहेका गाईहरुलाई जमिनबाट पानी निकाली प्यास मेटाएको ठाउँ भएको हुँदा यस ठाउँको छुट्टै महत्व रहेको बताए । उनले जलेश्वरधामका व्यासाचार्य आचार्य पुष्पलाल निरौलालाई दोसल्ला र सम्मानपत्रबाट अभिनन्दन गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि सामान्य प्रशासन मन्त्रि केशवकुमार बुढाथोकीले धर्म संस्कृति सबैको हो भन्ने भाव दर्शाउन गुरुहरुको महत्वपूर्ण भूमिका रहेको बताए । मन्त्रि बुढाथोकीले अर्जुनधारा जलेश्वरधामको उन्नतिमा आफूपछि नहट्ने दर्शाउँदै अक्षय कोषको लागि रु १ लाख प्रादन गरेका थिए । अर्का अतिथि क्षेत्र नं. ४ का माननीय सांसद प्रेमबहादुर गिरीले मेरो क्षेत्रसँगै अर्जुनधाराको विकासको लागि आफ्नो समय महत्वपूर्ण रहने बताए । सांसद गिरीले अक्षयकोषको लागि रु १ लाख प्रदान गरेका थिए ।

पहिलो दिन उद्घाटनको समयमा गुरुकुल अक्षयकोषका संयोजक उद्धव थापाबाट १ लाख, यसोदा निरौला स्मृति प्रतिष्ठानबाट रु १ लाख, सुधादेवि गट्टनीबाट रु १ लाख, भानु शिवाकोटीले पिता खडानन्द शिवाकोटीको स्मृतिमा रु १ लाख, धनमाया चिमरिया (लीला चिमरिया)बाट रु १ लाख, राजकुमार पोखरेलबाट रु १ लाख, सुधिर बस्नेतबाट रु १ लाख राजेन्द्र थापाबाट रु १ लाख, सुरेशकुमार अग्रवाल (भद्रपुरे)बाट रु १ लाख, सूर्य गोपीराम भट्टराईको स्मृतिमा श्रीमाती पवित्रादेवि भट्टराईबाट रु १ लाख, प्रकाश शिवाकोटी बिर्तामोडबाट रु १ लाख गरी १४ लाख संकलन भएको संयोजक उद्धव थापाले बताए ।

सोही दिन चन्द्र/निरा कट्टेलले रु ५१ हजार प्रदान गरी गल्ला उद्घाटन गरेका थिए भने छविलाल शिवाकोटीबाट धान्याचल र विजनेश शाहबाट भुमि दान प्रदान भएको कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । 1

सोही दिन मूल मन्दिरको ताम्रपत्रका लागि बुट्टाबारी निवासी समाजसेवी लोकबन्धु कन्दङवाबाट ५१ हजार, मुक्तिनाथ÷सुशिला सुवेदीबाट ५१ हजार प्रदान गरेका थिए ।

धाम समितिका अध्यक्ष नविन गट्टानीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व माननीय केदारमणी ढकाल, नेपाली कांग्रेस सभापति उद्धव थापा, नयाँ शक्ति झापा संयोजक कुमार क्षेत्री, एमालेका भोला परियार, प्रेस क्लबका अध्यक्ष दिपीन राई, अर्जुनधारा जेसीज अध्यक्ष सार्दुलहाङ ओली, पूर्व अध्यक्ष भूपाल खरेल, संरक्षक मोहन शिवाकोटी, पुष्प रेग्मी, राजेन्द्र थापा, सुरेश भद्रपुरे, व्यासाचार्य गुरु पुष्पलाल निरौला, समाजसेवी देवीभक्त श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

धामका उपाध्यक्ष अम्बिका खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन उद्घोषक विभागका संयोजक चतुर्भुज काफ्ले, धाम महासचिव विष्णु निरौलाद्वयले गरेका थिए ।

लोभ लाग्दो संगीतमय हुनमत् कथा

शनिअर्जुन / भारत अयोध्याधामका नरेन्द्रराम दास महाराजले हनुमत् कथा लोभलाग्दो ढंगबाट संगीतमय पाठ गर्दा उनको स्वर र हनुमान भक्ति भजनले यस क्षेत्रका धर्म अनुरागीको मन छुने सकेका थिए ।

निर्धारित समयभन्दा केही ढिलो सञ्चालन भएको उक्त उद्घाटन समयमा नरेन्द्रराम दासले हनुमानले सृष्टिमा गरेका कार्य संगीतमय र कथामय ढंगबाट वाचन गर्दा धर्मप्रेमिहरु २ घण्टा बितेको पत्तै पाएनन् । हनुमान आफै पनि शक्तिशाली हुन्, उनको पाठ र पूजा आरधना गर्दा दैविक शक्ति प्राप्त हुने संगीतमय ढंगबाट प्रष्ट्याउँदा सबै नतमस्त भएर एकाग्रह बनेका थिए ।

उनी र उनका कलाकारहरुले हनुमान चालिसाको भजन गुञ्जयाउदा सबैले भजनसँग लय मिलाएका थिए । रामदासले भने यदी देव गणहरुमाझ हनुमान थिएनन् भने आज रामायण संसारको आध्यात्मिक कथा बन्ने थिएन । मानिसको जीवनसँग रामायण कथा कतै न कतै मेल खाने भएको हुँदा जगतलाई बुझ्न रामायणको ठेली अध्ययन गर्न नभ्याएतापनि यो हनुमत् कथाबाट भरपुर ज्ञान लिनुहुनेछ ।
नेपालमा थोरै मात्र हनुमत् कथा पुराण लाग्ने गरेको छ । जसले यो कथा सुन्न सक्छ र रुद्राभिषेक महायज्ञमा बस्न सक्छ, उसलाई दैविक शक्ति प्राप्त हुने नरेन्द्रराम दास महाराजले प्रस्ट्याए ।

धामका अध्यक्ष नविन गट्टानी र यस क्षेत्रका धर्मानुरागीले हनुमत् कथाबाट आध्यात्मिक ज्ञान त छदैछ दैविक शक्ति कसरी प्राप्त गर्न सकिन्छ भन्ने ज्ञान लिनका लागि तमाम् धर्मप्रेमिलाई आव्हान समेत गरेका छन् ।