शनिअर्जुन / हाँस्य कलाकार विल्सनविक्रम राईले दुवै मृगौला खराब भई थलिएका भूपिन राईलाई उपचारार्थमा सहयोग पुग्ने गरी रु. ४६ हजार प्रदान गरेका छन् ।
कलाकार राईले आज भूपिन राई बचाउ समितिका अध्यक्ष चतुर्भुज काफ्ले, सदस्य सचिव चन्द्र राना र सदस्य राजन साम्पाङ राईलाई पत्रकार सम्मेलनमार्फत उक्त रकम हस्तान्तरण गरेका हुन् । विल्सनले रकम हस्तान्तरण गर्दै भने भूपिन भाईलाई दयाको खाँचो छ । ठूलो मन भएकाहरुले मानवीयता दर्शाउँदै पीडित भूपिनलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
विल्सनले अगाडी भने –‘भूपिनलाई म नजिकबाट चिन्छु । आर्थिक दृष्टिकोणले मजदुरी गर्दै श्रीमती, एक छोरा र एक छोरीसँग बस्दै आएका छन् । तपाई हामीले हुनेहरुका लागि भन्दा नहुनेहरुका लागि एक नजर लगाएर सहयोग ग¥यौं भने यो जुनिमा त्यो भन्दा ठूलो महान कार्य अरु केही हुन सक्दैन ।’
विल्सनले असाहय तथा पीडितहरुलाई अपिल मात्र गर्छन्, तर सहयोग गर्न भने पछि हट्छन् । म भूपिनलाई रु. ४६ हजार प्रदान पनि गरेको छु । उनलाई सहयोग गर्न अपिल पनि गर्छु । बलिउडको सुटिङमा व्यस्त रहेका विल्सन आफ्नो घर आएको बेला उक्त रकम प्रदान गर्न शनिअर्जुन आएका हुन् ।
बचाउ समितिका अध्यक्ष चतुर्भुज काफ्लेको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा सहयोग गर्न आएकाहरुलाई स्वागत सदस्य सचिव चन्द्र राना लाफाले गरेका थिए भने भूपिन राईको स्वास्थ्य अवस्था बारे संरक्षक दाई दिपीन राईले जानकारी गराएका थिए । भूपिन विगत ७ महिना अघिदेखि विरामी छन् । उनको हप्तामा ३ पटक डाइलोसिस विर्तासिटीमा गरिदै आइएको छ ।