सत्तापक्ष र प्रतिपक्षको मुडभेड हुने संकेत « Yalambar Times
२० आश्विन २०८१, आईतवार

सत्तापक्ष र प्रतिपक्षको मुडभेड हुने संकेत


यलम्वर टाइम्स
१२ पुष २०७३, मंगलवार ०८:१६

untitled-2-copyझापा / संविधान कार्यान्वय गरी मुलुकलाई दीगो विकास तर्फ लानुको सट्टा यो बेला सत्तापक्ष र प्रतिपक्ष बीच मुडभेडको वातावरण बन्दै गएको अवस्था छ । ०६२/०६३ को जनआन्दोलनले दिएको अधिकारलाई खेलौना सम्झि ठूला दलहरु आफू र आफ्नो पक्षमा सत्ता चलाउने होडबाजीका कारण संविधान कार्यान्वयको सट्टा संविधानलाई असहज बाटोमा लगेर फेल गराउने रणनीतिमा लागेको देखिन्छ ।

जनताले दीगो शान्ति चाहेका छन् । अधिकार र कानुन सबैलाई सम्मान होस् र देशलाई आर्थिक समृद्धिको बाटोमा लगियोस् भन्ने सोच पलाएको छ । तर ठूला राजनीतिक दल जनताका चिन्तनको ठीक विपरितमा उभिएर मुलुकलाई दीगो दिशामा लान सकिरहेका छैनन् । सत्तापक्ष आफ्नै लगाममा दौडिरहेको छ । प्रतिपक्ष लगाम तोडेर जाने पक्षमा उभिएको छ । आखेरी सत्ताकै रजाँईमा रम्दै अहमता देखाने हो भने जनताले ती ठूला दलहरुलाई मानिरहनु पर्छ भन्ने विश्वासको वातावरण गुम्न जाने देखिन्छ ।

‘धमिलो पानीमै माछा मार्ने हो ।’ यही मौका छोपी राजतन्त्रका पक्षपातिहरु तिलमिलाउने बाटो ठूला दलहरुले गर्दै आएको हुँदा पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति बाहिर आएको छ । राज गद्दीबाट नागरिक सरह पु¥याएका पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आउनुको पछाडी ठूला दलका कमजोरीपन नै हो भन्दा फरक पर्दैन । जनता आजीत बनिसकेका छन् । सञ्चारमाध्यमहरुमा दलहरु झगडा गरेको सन्देश आईरहँदा लोकतान्त्रिक गणतन्त्र घोषणा भएको राष्ट्रलाई धक्का पुगेको महशुस गर्न सकिन्छ ।

यदी यस्तै रणनीतिमा ठूला दलहरु लडिरहने हो भने पञ्चायती शासनका अंशहरु देखा नपर्ला भन्न सकिन्न । हालै एमाले अध्यक्ष केपी ओलीले ५ विकास क्षेत्रलाई संघीयताको ढाँचामा लानुपर्ला कि ? भन्ने संकेत दिई रहँदा बलिदानी पूर्वक ल्याएको लोकतन्त्र र संघीय राज्यलाई खिल्ली उढाएको महशुस गर्न सकिन्छ । आफू सत्तामा रहँदा ७ प्रदेशको खाका ल्याउन कसरत गर्नेले सत्ता बाहिर रहँदा महेन्द्रवादी चिन्तन शैलीबाट ५ प्रदेशको भाकालाई बोकेर कुर्लिनु शंका उठ्नु स्वभाविक मानिन्छ । जनता संघीय राज्य, धर्म निरपेक्ष र समानुपातिक नीतिमा मुलुक चलोस् भन्न चाहन्छ । तर ठूला दल भने सत्तामा रजाँइ गरी मुलुकलाई निकास दिन कञ्जुस्याँई गरिरहन्छ ।

यस्तै तरिकाबाट मुलुकलाई हाक्ने हो भने छिमेकी राष्ट्रले चाहेको जस्तो गतिमा मुलुक फस्ने छ र त्यसबाट उनीहरुलाई फाइदा लिने छन् । त्यस्तो अवस्था हुन नदिनका लागि सचेत नागरिकहरु छलफल र अन्तरक्रिया गरी सचेत गराउँन जुट्नु अति आवश्यक देखिन्छ । त्यसो गर्दा मुलुकलाई दीगो दिशामा लान सबै जनता लाग्ने छन् । आ–आफ्नो समर्थक दलहरुलाई सचेत गराउँने छन् ।