अग्नी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण « Yalambar Times
२१ आश्विन २०८१, सोमबार

अग्नी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण


यलम्वर टाइम्स
१२ पुष २०७३, मंगलवार ०९:२७

सन्तवीर लामा

untitled-1-copy
रकम हस्तान्तरण गर्दै उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे र स्थानीय शान्ति समिति धनकुटाका संयोजक लालचन्द्र गोङ्गवा तामाङ र रकम ग्रहण गर्दै निमिक्त प्रजिअ जयप्रकास वस्नेत ।

धनकुटा / तेह्रथुम जिल्लाको आठराई संक्रान्ती बजारमा गएको पौष १ गते लागेको भिषण आगलागी परेका पीडित परिवारको सहयोगार्थ उधोग वाणिज्य संघ धनकुटाले संकलन गरेको राहात रकम आईतवार हस्तान्तरण गरिएको छ ।

उधोग वाणिज्य संघ धनकुटाको संयोजनमा नेपाल पत्रकार महासंघ, हिले बजार व्यावस्थापन समिति, जिल्ला रेडक्रस सोसाईटी धनकुटा, रेडक्रस उपशाखा हिले, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा, होटल एशोशिएसन धनकुटाले जिल्लाको हिले बजार, जिल्ला सदरमुकाम धनकुटा बजार र पाख्रीवास बजारमा संकलन गरेको १ लाख, ८ हजार, १ सय ११ रुपयाँ नगद आइतवार तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्गलुङ बजारमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका निमिक्त प्रमुख जिल्ला अधिकारी जयप्रकास वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न राहात रकम हस्तान्तरण कार्यक्रममा उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे र स्थानिय शान्ति समिति धनकुटाका संयोजक लालचन्द्र गोङ्गवा तामाङले संयुक्त रुपमा रकम निमिक्त प्रजिअ वस्नेतलाई हस्तान्तरण गरेका हुन । संकलित रकम हस्तान्तरण गर्न उधोग वाणिज्य संघ धनकुटाको अगुवाईमा धनकुटावाट एक टोली सनिवार म्याङ्गलुङ पुगेको थियो । टोलीमा आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा, हिले वजार व्यावस्थापन समितिका सचिव फुर्वा तामाङ, युवा व्यावसायीहरु गणेश पोख्रेल, राजेश कट्वाल, राजु घिमिरे लगायतको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका अध्यक्ष उद्धव तिम्सीनाको अध्इक्षतमा सम्पन्न राहात रकम हस्तान्तरण कार्यक्रममा उधोग वाणिज्य संघ तेह्रथुमका निवर्तमान अध्यक्ष सभा पौडेल, नेपाल रेडक्रस सोसाईटी तेह्रथुमका कार्यवाहक अध्यक्ष पुर्णचन्द श्रेष्ठ,दधिराम न्यौपाने, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रनानी तेजप्रसाद निरौला, घरेलु महासंघका सरमणी दाहाल, स्थानिय व्यावसायी राधाकृष्ण अधिकारी, स्थानिय संचारकर्मीहरु दिपक खनाल, भगिश्वर लिम्वु, कृष्ण विदुखी, प्रकास धौलाकोटी लगायतको उपस्थिति रहेको थियो ।

रकम ग्रहण गर्दै निमिक्त प्रमुख जिल्ला अधिकारी जयप्रकास वस्नतेले आठराई संक्रान्ती वजारमा भएको आगलागीमा परि पिडित परिवारलाई मानविय भावानाले धनकुटाले सहयोग गरेको भन्दै सहयोगी सवैहातहरुलाई धन्यवाद दिए । वस्नेतले जिल्ला देवी प्रकोप उद्धार समितिको नाममा रहेको राहात कोष खातामा जम्मा गरिने र प्राप्त सहयोग पिडित परिवारलाई चााडोभन्दा चाडो पु¥याउने प्रतिवद्धता जनाए ।

उनले हालसम्म आठराई संक्रान्ती वजारका अग्नी पिडितको लागी भने जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषमा ३ लाख, ५० हजार भन्दा वढी रकम संकलन भैसकेको वताएका छन् । उनले इलाम, पाँस्थर, ताप्लेजुङ लगायतका जिल्लाहरुवाट रहात रकम आईसकेको र अन्य जिल्लाहरुवाट पनि सहयोग रकम आउने क्रममा जारी रहेको वताए । पिडित परिवारलाई स अघि नै पहिलो चरणका राहात वितरण गरिसकिएको र अव पनि जति सक्दो चाँडो पिडित परिवारलाई राहात पु¥याउने गरी स्थानिय प्रशासनले कार्य अघि वढाएको निमिक्त प्रजिअ वसनेतले वताएका छन् ।