शिक्षा पुरस्कार सम्पादक राई र पत्रकार भण्डारीलाई « Yalambar Times
२३ आश्विन २०८१, बुधबार

शिक्षा पुरस्कार सम्पादक राई र पत्रकार भण्डारीलाई


यलम्वर टाइम्स
२७ पुष २०७३, बुधबार १२:२६

untitled-4-copyशनिअर्जुन / लक्ष्मी माविले आफ्नो ५२ औं वार्षिक उत्सवको अवसर पारेर लक्ष्मी उत्कृष्ट शिक्षा पुरस्कार यलम्वर टाइम्सका सम्पादक दिपीन राई र अर्का पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरेका छन् ।

विगत अढाई दशकदेखि पत्रकारिताको क्षेत्रमा संलग्न भई शसक्त कलमजीविका रुपमा पत्रकारिताको माध्यमबाट शैक्षिक विकास र विस्तारमा उल्लेखनीय योगदान पु¥याएको भन्दै स्व. हरिनारायण गुप्ताको स्मृतिमा नगद रु.५ हजार १ सय राशि सहित पत्रकार राईलाई सम्मानपत्रले सम्मान गरेका थिए ।

सम्पादक राईसँगै  पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीलाई प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री तथा सांसद गिरीराजमणि पोखरेलले सम्मानपत्र, प्रअ विरेन्द्र गुप्ताले नगद सहित दोसल्ला ओढाएका थिए ।

५२ औं वार्षिक उत्सवको अवसरमा २ तले नयाँ भवन, उद्घाटन गरिएको थियो भने पुनः नयाँ भवन निर्माणका लागि सांसद पोखरेलले शिलन्यास गरेका थिए । प्रमुख अतिथि समेत रहेका सांसद पोखरेलले विद्यालय बनाउनको लागि राज्यले रकम प्रदान गरेर मात्र हुँदैन त्यस क्षेत्रका अभिभावक, शिक्षक प्रतिनिधि हदैसम्म मिहेनत गरेर लाग्नु पर्ने बताए । उनले निजी विद्यालयबाट विद्यार्थीहरुलाई ‘फी’का विषयलाई लिएर विद्यार्थी माथि गनगन गर्नु विद्यार्थीहरुको मस्तिष्कमा घात पु¥याउनु हो । यसो नगर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दाहालले सामुदायिक विद्यालय अन्तर्गत लक्ष्मी मावि नमूनाको रुपमा उभिदै गरेको बताए । विशेष अतिथि योगेन्द्रप्रसाद बरालले विद्यालय स्तरीय हुनमा प्रअ र अभिभावक बिचको समन्वयता जरुरी भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामकुमार ओलीको सभापतित्वमा भएको कार्यक्रममा शिवनारायण प्राविका प्रअ सरस्वति गोले सिटौला, उमेश शाह, जानुका गुरागाईँ लगायतले लक्ष्मी मावि नमूना सामुदायिक विद्यालय बन्दै गएकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा प्रअ गुप्ताले विद्यालयको विषयमा आफ्नो भनाई राख्दै सबै राजनीतिक दल त्यागेर विद्यालय बनाउन जुटेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने उत्कृष्ट छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।