खुदुनाबारीमा सिङ्गीङ एण्ड डान्सिङ स्टार हुने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

खुदुनाबारीमा सिङ्गीङ एण्ड डान्सिङ स्टार हुने


यलम्वर टाइम्स
४ माघ २०७३, मंगलवार ०७:२३

pressशनिअर्जुन / खुदुनाबारीलाई संगीतिक क्षेत्रको रुपमा परिचित गराउने उद्देश्यले सारेग संगीत केन्द्र खुदुनाबारी र बाल क्लब खुदुनाबारीको संयुक्त आयोजनामा प्रथम ‘खुदुनाबारी सिङ्गीङ एण्ड डान्सिङ स्टार’ हुने भएको छ ।

मंगलबार यलम्वर टाइम्सको सूचना केन्द्रमा पत्रकार भेटघाट कार्यक्रममा सारेग संगीत केन्द्रका अध्यक्ष अम्बर नेम्वाङले कार्यक्रमको बारेमा प्रकाश पार्दै ग्रामिण भेगमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराई राष्ट्रियस्तरमा स्थापित हुने अवसर प्रदान गराउनको लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

कला भएका जो सुकैले सहभागी बन्न सक्ने यस प्रतियोगिताको पहिलो अडिसन माघ १५ गते जनता उमाविमा हुने छ भेटघाट कार्यक्रममा अध्यक्ष नेम्वाङले बताए । ४ राउन्डमा सम्पन्न गरिने उक्त प्रतियोगिताको अडिसन १६ गते सिंहदेवी मावि र १७ गते इलामको शितलुमा हुने सचिव तोरण श्रेष्ठले बताए । प्रतिायोगितामा सहभागि बन्नका लागि इलाम शिलतु बजार स्थित बिनिसा फोटो स्टुडियो (९८१५९४४५७७)मा, खुदुनाबारी क्षेत्रका लागि सारेग संगीत केन्द्र (९८१८१४७४६३) र शनिअर्जुन क्षेत्रका लागि सिंहदेवी माविमा र बाल क्लब अध्यक्ष इशा चापागाईं (९८१७०१८४४९), सचिव विशाल खवास (९८०७९८३०४७) सँग सम्पर्क गरी फारम पाउन सकिने सहसचिव सन्तोष आलेले बताए ।

माघ २७ गते हुने ग्रान्ड फिनाले नृत्य तर्फका ५ जना र गायन तर्फका ५ जना प्रतियोगिका बीच सम्पन्न हुने छ भने प्रतियोगिताको गायन तर्फका विजेतालाई प्रमाणपत्र, ट्रफि सहित गीत रेकर्डिङ गरिने अवसर दिनेछ भने नृत्यका विजेताले प्रमाणपत्र, ट्रफि सहित म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने अध्यक्ष अम्बर नेम्वाङले जानकारी दिए । प्रतियोगताको टपटेनमा पर्नेलाई प्रमाणपत्र प्रदान गरिने नेम्वाङले बताए ।

प्रतियोगिताको निर्णायकमा भने वरिष्ठ गायक तथा संगीत शिक्षकद्वय दिपक रायमाझी, कृष्ण योञ्जन, वरिष्ठ गायक तथा संगीतकार बलराम समाल, संगीत शिक्षिका कमला नेम्वाङ, कोरियोग्राफर राज शेमा र पदम योञ्जन रहने छन् ।