पहिचान र संघीयतावादीको नेतृत्व हामी लिन तयार छौं : अध्यक्ष पालुङ्वा « Yalambar Times
४ फाल्गुन २०८१, आईतवार

पहिचान र संघीयतावादीको नेतृत्व हामी लिन तयार छौं : अध्यक्ष पालुङ्वा


यलम्वर टाइम्स
६ माघ २०७३, बिहीबार ०५:५५

kpशनिअर्जुन / राष्ट्रिय जनमुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष केपी पालुङ्वाले २६ औं पार्टी स्थापान दिवसको अवसरमा जनमुक्ति पार्टी अब पहिचान र संघीयता पक्षधरको नेतृत्व गर्दै अगाडी बढ्ने बताएका छन् ।

पहिचानको र संघीयताको पहिलो आवाज उठाउने दल भएको हुँदा संघीय र पहिचानवादी शक्तिहरु एक भएर अगाडि नबढेसम्म अतिवादी चिन्तन बोकेका दलहरुबाट आशा गर्न नहुने बताउँदै पार्टी आन्दोलनमा भएको हुँदा अधिकारका लागि बृहत राष्ट्रिय मोर्चाको नेतृत्व लिन जनमुक्ति पार्टी तयार भएको बताए । यो बेला पहिचान संघीयता र अधिकारको विषयमा बृहत बहस चलिरहेको बेला त्यसको नेतृत्व कसले लिने भन्ने अधिकारवादी दलहरु तिलमिलाई रहेको बेला अब अग्रस्थानबाट जनमुक्तिले नेतृत्व गर्न तयार रहेको बताए ।
उनले एक विज्ञप्ती मार्फत मुलुकलाई १०देखि ११ संघीय राज्य नबनाएसम्म सन्तुष्टिको सास फेर्न नपाईने बताउँदै पहिचानवादी, जातीयमुक्तिका योद्धाहरु अब सजक र सचेत हुन जरुरी रहेको बताए ।

उनले जनमुक्ति पार्टीमा रही बीचमा बिचलन भएर बाहिर रहनुभएका जोसिला कार्यकर्ताहरुलाई घर फर्कन आह्वान गर्दै यस पार्टीमा रही नेतृत्वमा रहन आग्रह गरेका छन् । यस दौरानमा हिंड्दा हिंड्दै साहदत प्राप्त गर्ने जनमुक्ति योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

यसरी नै २६ औं स्थापना दिवसको अवसर पारेर राष्ट्रिय जनमुक्ति पार्टी झापाले बिर्तामोडका दुर्गा मन्दिर अगाडी रक्तदान कार्यक्रम गरेको छ । लिम्बूवान राज्य परिषद्का सचिव कृष्ण थेवेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । जिल्ला अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव पदम कन्दङ्वाले गरेका थिए ।

यसरी नै इलाम, पाँचथर, ताप्लेजुङमा पनि विविध कार्यक्रमका साथ २६ औं स्थापना दिवस मनाइएको छ भने मोरङ, सुनसरी र धनकुटामा एक अन्तरक्रिया कार्यक्रम गरी मनाईदै गरेको जानकारी दिएका छन् ।