लक्ष्मी प्राविका विद्यार्थीहरु भयवित अवस्था पढ्न आउँछन्, कसले बुझिदिने दहिझोडाको पीडा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

लक्ष्मी प्राविका विद्यार्थीहरु भयवित अवस्था पढ्न आउँछन्, कसले बुझिदिने दहिझोडाको पीडा


यलम्वर टाइम्स
१६ माघ २०७३, आईतवार ०६:३१

school शनिअर्जुन / शनिअर्जुन–३ टाङटिङ पारी दहिझोडामा अवस्थित श्री लक्ष्मी प्राविका अधिकांश विद्यार्थीहरु भयवित अवस्थामा पढ्न आउने गरेको विद्यालयले जनाएको छ ।

यस क्षेत्रमा १२० घर रहेको छ । अधिकांश सुकुम्बासीहरु छन् । त्यतिमात्र होइन दिनहुँ हात्तीको त्रासले गर्दा कसैको अनुहार उज्यालो देखिदैन । बर्खा लाग्दा दहिझोडा खोलामा आउने भेल र टाङटिङ नदीको कटानले यहाँका जनता त्रासदीय जीवन बिताउँन बाध्य छन् । यस्तो अवस्थालाई छिचोल्दै अधिकांश विद्यार्थीहरु भयवित भएर पढ्न आउने गरेका छन् । २०४० सालमा स्थानीय जनताकै पहलबाट उक्त प्रावि स्थापना भएको हो । सुरु–सुरुमा यस विद्यालयमा पढ्न आउनेहरुको संख्या १३० भन्दा बढी थियो । तर, पछि विद्यालयको अवस्था र यस क्षेत्रका केही मानिस वैदेशिक रोजगारमा जान थालेपछि तिनका बालबच्चा महंगो विद्यालयमा पढ्न पठाउने काम भएपछि हाल यस विद्यालयमा बाल विकासमा अध्ययनरत् विद्यार्थी सहित ७५ जना पढ्न आउने गरेको प्रधानाध्यापक डम्बरबहादुर डाँगीले जानकारी दिए ।
भौगोलिक दृष्टिकोणले पनि साथ नदिएको र विकट भएकै कारण उक्त ठाउँ विकासबाट बञ्चित देखिन्छ । वैदेशिक रोजगारीमा जाने र केही हुनेखानेले निजी विद्यालयमा नानीहरुलाई पढाएतापनि यस क्षेत्रका ७५ प्रतिशत जनताका नानीहरु यसै विद्यालयमा आश्रीत छन् ।

हात्तीको त्रास दिन रातै

रेडियो वा अखबारबाट भारतबाट बाहुनडाँगीमा हात्ती प्रवेश गरेको समाचार सुन्ना साथ दहिझोडा वासीहरुलाई निन्द्रा लाग्दैन ।
दिनहुँ जसो हात्ती आएर धनमाल क्षति मात्र होइन मानवीय क्षति गरिदिने भएको हुँदा यस क्षेत्रका जनता हात्तीको त्रासबाट दिन रात नभनी डिउटी गर्ने गरेका छन् । केही वर्ष अघि हात्तीले दहिझोडा कै एक कार्की थरकी महिलाको विभत्स हत्या गरेपछि त्यहाँका जनता आततायित बन्न पुगेका हुन् । धनमाल क्षतिको त कुरै छाडौं । साँझ परेपछि हाहा र होहो को हल्ला चल्ना साथ हात्ती आयो भन्ने त्रासले त्यस क्षेत्रका विद्यार्थीहरु भयवित बन्न पुगेका छन् ।

खोलाको त्रास उस्तै

शनिअर्जुन नगरपालिकाबाट ५ किलोमिटर 2पश्चिममा रहेको टाङटिङ नदीले बर्खाको समयमा कटान तिव्र पारेपछि त्यहाँका बासिन्दाहरु बर्खायाममा दिनहुँ शिरमा हेर्ने गरेको पीडा सुनाउँछन् । उत्तरमा कालो बादल मडारिदा टाङटिङ नदी सुकुम्बासी बस्तीमा छिर्ने हो कि भन्ने डरले त्यहाँका जनताहरु त्रासमय रात कटाउँदै आएको पीडा यलम्वर टाइम्सलाई बताए ।
गत बर्खामा आएको बाढीले श्री लक्ष्मी प्राथमिक विद्यालयलाई धक्का दिन पुगेको छ । कटान तिव्र भएपछि यस विद्यालयको शौचालय क्षेत्रलाई क्षति पु¥याएको छ भने सुकुम्बासीमा कटान भएपछि मनग्ये अन्न फल्ने खेतहरुमा क्षति पु¥याएको छ । टाङटिङ नदीले मात्र होइन दहिझोडा खोलाले पनि उठिबास लगाउने गरेको स्थानीय सोमनाथ कुईकेलले जानकारी दिए । दुवै खोलाको त्रासलाई छिचोल्दै भएपनि विद्यार्थीहरु अध्ययन गर्न नटुटाउने गरेको विद्यालयका सहायक सुक्रबीर शेर्माले जानकारी दिए । विकट र आर्थिक अवस्था कमजोर भएका अभिभावकका नानीहरु अध्ययन गर्न भोक–भोकै आउने गरेको पनि उनले बताए ।

अशिक्षाको असर

आर्थिक उपार्जन गर्न वैदेशिक रोजगारमा गएका अधिकांशका परिवारमा विचलन आएपछि पनि त्यस क्षेत्रका बालबच्चाहरुलाई पढ्नमा असजिलो हुन पुगेको स्थानीयहरुले बताएका छन् ।

विदेश जानेहरुका परिवार अर्कैसँग विवाह गर्ने, उत्ताबाट पठाएका रकम सही सदुपयोग गर्न नसक्ने भएको कारणले पनि तिनका बालबच्चाको राम्रो स्याहार सुसार हुन नसकेको बताइन्छ । श्रीमान वैदेशिक रोजगारमा गएको वर्ष दिन नबित्दै श्रीमतीले अर्कैसँग विवाह गर्न पुग्दा बालबच्चाको बिचलन हुन पुगेको स्थानीय सोमनाथले बताए । अधिकांश त त्यस्ता छैनन्, तर वैदेशिक रोजगारमा जाने ५० प्रतिशतमा त्यस्तो अवस्था छ ।

‘श्रीमतीले घर छाडेर गएपछि अर्की ल्याउनै प¥यो त्यसले गर्दा पनि बालबच्चालाई असर पर्न गएको छ ।’ –नाम नछाप्ने शर्तमा एक पीडितले बताए । यस्तो अवस्था नहोस् भनी गाउँ घरमा सम्झाउँदा उल्टै आफूलाई आई लागेको सोमनाथले बताए ।

विद्यार्थीहरु भोक–भोकै

यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु भोक–भोकै आउने गरेको विद्यालयका सहायक कर्मचारी सुक्रबीर शेर्माले जानकारी दिए ।

भोक–भोकै आएका विद्यार्थीहरु लाईनमा बस्दा उपस्थित विद्यार्थी मध्ये २५ प्रतिशत नानीहरुको अनुहार निधाउरो देखिन्छ । ति नानीहरुलाई के भयो भनी प्रश्न गर्दा ‘आज खाना नखाई आएको सर !’ भन्ने जवाफ दिने गरेको बताउँछन् । खाना खाएर आएतापनि पोषणयुक्त खाना नभएकै कारण अधिकांश विद्यार्थीहरुको अनुहार निधाउरो देखिने गरेको शिक्षक तुलसी पौडेलले जानकारी दिए । हुन पनि हो, अधिकांश सुकुम्बासीका छोराछोरीहरु यस विद्यालयमा पढ्न आउने भएको हुँदा उनीहरुका अभिभावकहरु विहान बेलुकाको हातमुख जोड्नका लागि दाउराका लागि जंगल जाने, कोही खोलामा गिट्टी चाल्न जानेहरु छन् ।

हुनेखानेहरुका नानीहरु दुर्गापुर, सुरुङ्गा र लक्ष्मीपुरका बोर्डिङ स्कुलमा जाने गरेको भएतापनि अधिकांश गरिब बसोबास भएको दहिझोडामा विद्यार्थीहरुलाई उज्यालो बाटोमा डोहो¥याउन लक्ष्मी प्राविको अह्म भूमिका भएको बाल विकासकी अस्मीता राईले बताइन् । राईका अनुसार सबै विद्यार्थीलाई पोशाक र खाता, पेन्सल पनि विद्यालयले प्रदान गर्दै आएको छ ।

नजिक भएर पनि टाढा

दहिझोडाबाट शनिश्चरे ५ किलोमिटरको दूरीमा छ । तर टाङटिङ खोलामा पुल नबन्दा शनिश्चरे बजार हाम्रो लागि लङ्का जस्तो बनेको छ । बर्खाको त झन् कुरै नगरौं । यस ठाउँका जनप्रतिनिधिहरुले जतिसुकै आवाज उठाएतापनि कानमा तेल हालेर बसेको हुँदा विकासबाट ओझेल पर्नुपरेको स्थानीय बताउँछन् ।

पछिल्लो पटक जनमुक्तिले विद्युत लाईन विस्तार गरेको र नेपाली कांग्रेसका उद्धव थापाले तटबन्धन गरिने आश्वासन दिएको र सांसद प्रेमबहादुर गिरीले यस क्षेत्रको सुरक्षाको लागि आफू लागि पर्ने भनी प्रतिवद्धता दिएपछि यहाँका जनता अब सुरक्षित हुने कुरामा ढुक्क छन् । नेता थापाले पुल निर्माण हुने भनी सर्वे गर्न आउने बताएपछि अब विकासबाट टाढा नहुने स्थानीय सोमनाथ कुईकेल बताउँछन् । स्थानीय खगेन्द्र योङहाङ, तेजबहादुर योङहाङ, गोविन्द श्रेष्ठ र कुईकेल लगायतले यस क्षेत्रको विकास हुनुपर्छ भन्ने आवाज उठाउँदै हिंडेका छन् । उनीहरु भन्छन् –‘टाङटिङमा पुल बने दुर्गापुर र सुरुङ्गाभन्दा शनिअर्जुन हाम्रो लागि राम्रो हुन जान्छ र यहाँका विद्यार्थीहरु कपी कलम च्यापेर दुर्गापुर धाउनु पर्दैन ।’

विकासको आधार दहिझोडा सामुदायिक वन

स्थानीयस्तरमा समस्या पर्दा दहिझोडा सामुदायिक वनको ठूलो टेवा पुगको छ । हात्तीले घर भत्काइदिँदा मात्र होइन गरिबहरुलाई पनि राहत प्रदान गरेको छ भने विद्यालयलाई पनि सहयोग पुगेको छ ।