शनिश्चरे उमाविले मनायो ६९ औं वार्षिकोत्सव « Yalambar Times
२० आश्विन २०८१, आईतवार

शनिश्चरे उमाविले मनायो ६९ औं वार्षिकोत्सव


यलम्वर टाइम्स
१७ माघ २०७३, सोमबार ११:५४

Untitled-1 copyशनिअर्जुन / २००५ सालमा स्थापना भएर शिक्षाको ज्योति छर्दै आएको शनिश्चरे उमाविले ६९ औं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

विद्यालयको वृत्ति र विकासका लागि सहयोग पु¥याईको भन्दै विभिन्न २२ व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । झापा क्षेत्र नं. ४ का सांसद प्रेमबहादुर गिरीले कार्यक्रमको उद्घाटन गर्दै शनिश्चरे उमावि शनिअर्जुन नगरपालिकाको गहना भएको बताएका छन् । प्रमुख अतिथि गिरीले राणाकालिन समयदेखि लोकतान्त्रिक गणतन्त्रको समयसम्म आईपुग्दा समाजमा सक्षम र कर्मठ नागरिक उत्पादन गर्दै समाज रुपान्तरणको लागि महत्वपूर्ण भूमिका खेलेको बताए । गिरीले आफूले पनि यही विद्यालयबाट एसएलसी पास गरेको स्मरण गर्दै विद्यालयको विकासका लागि आफ्नो व्याच (२०३९ साल)को तर्फबाट २ लाख रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा अर्का अतिथि भूपू विद्यार्थी संघ २०४८ का अध्यक्ष इन्दिवर खड्काले विद्याल भनेको असल नागरिक उत्पादन गर्ने थलो भएको बताउँदै आफ्नो संघको तर्फबाट १ लाख रुपैयाँ उपलब्ध गराउने बताए । सोही अवसरमा विद्यालमा बनाइएको सरस्वतीको मन्दिर र खानेपानीको ट्यांकीको उद्घाटन गरिएको थियो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा खगेन्द्र विभा अक्षयकोष र लोकनाथ हेमकला वृत्ति विकास छात्रवृत्तिबाट एसएलसीमा प्रथम हुने विना हुमागाई र दोस्रो हुने केवलादेवी भट्टराईलाई क्रमशः ७२/७२ सय र ५४/५४ सय प्रदान गरिएको थियो । कार्यक्रममा छत्र थापा स्मृतिकोषबाट २०७१ को एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने दिल विक्रमजंग कार्की, प्रतिक्षा पोखरेल र ०७२को एसएलसी परीक्षामा उत्कृष्ट हुने करिष्मा भण्डारी, खेम चौधरीलाई जनही २१ सय र सम्मानपत्रले पुरस्कृत गरिएको थियो भने आदिवासी जनजाति, दलित मध्येबाट उत्कृष्ट हुने विद्यार्थी सविना विकलाई रुद्र तोरण स्मृति अक्षयकोषबाट रु. ४ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो ।

भद्रपुर क्याम्पसका पूर्व प्राध्यापक लोकनाथ पौडेल, पूर्व शिक्षिका गंगादेवी जोशी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा समाजसेवी खगेन्द्र ढकाल, शनिश्चरे बहुमुखि क्याम्पसका अध्यक्ष सरोज ओली, पूर्व शिक्षक चन्द्र सुवेदी, शनिश्चरे बहुमुखि क्याम्पसका प्रमुख नारायण पौडेल, भरत विमली, मोहन शिवाकोटी, प्रशान्त भण्डारी, भानु उमाविका प्राचार्य रुपक दाहाल, शनिअर्जुन प्रेस क्लबका अध्यक्ष दिपीन राई, कुमार भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

शिक्षक कृष्ण पौडेलको सञ्चालनमा भएको कार्यक्रमको स्वागत शिक्षक पुण्य सुवेदीले गरेका थिए भने विद्यालयको वार्षिक प्रतिवेदन प्रअ भैरव पौडेलले प्रस्तुत गरेका थिए ।