शनिश्चरेमा नेविसंघ गठन « Yalambar Times
२७ असार २०८२, शुक्रबार

शनिश्चरेमा नेविसंघ गठन


यलम्वर टाइम्स
२६ माघ २०७३, बुधबार १०:२०

11शनिअर्जुन / नेपाली कांग्रेस निकट भातृ संगठन नेविसंघ इकाई कार्य समिति शनिश्चरे बहुमुखी क्याम्पसमा पुनः गठन भएको छ ।

बुधबार क्याम्पसमा आयोजित एक भेलाले ईशान पौडेलको सभापतित्वमा १७ सदस्यीय समिति गठन गरेको हो । समितिको उपसभापतिमा प्रवेश कार्की, सचिव गंगाप्रसाद प्रसाई, सहसचिवद्वय प्रकाश राजवंशी, सरु पौडेल कोषाध्यक्ष कविता नेपाल कठेत रहेका छन् भने सदस्यहरुमा विशाल नेपाल, सञ्जय दनुवार, रोमन सापकोटा, किराण चिमरिया, अरुण खपाङ्गी, आरती राई, किराण हमाल, उषा काफ्ले, राजेश श्रेष्ठ, अन्जु पुरी, गोविन्द खनाल चुनिएका छन् ।

संजय थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेविसंघ झापाका कार्यवाहक सभापति राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो भने क्षेत्र नं. २ नेविसंघ सभापति पोषराज कटुवाल, स्टुडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष सुरज राजवंशी लगायतको आतिथ्यता रहेको थियो ।

प्रवेश कार्कीको स्वागत रहेको कार्यक्रमको सञ्चालन गंगाप्रसाद प्रसाईले गरेका थिए ।