राजन साम्पाङ
शनिअर्जुन / राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले संविधान नसचिए अझ विद्रोह हुने कुरा बताएका छन् ।
काठमाडौंमा जारी अन्तर्राष्ट्रिय सम्मेलनलाई बन्दसत्रमा सम्बोधन गर्दै आदिवासी जनजाति र मधेसका अधिकार वर्तमान संविधानमा नदेखिएको हुँदा त्यसलाई सच्याउनु पर्ने माग गरेका थिए । अध्यक्ष पालुङ्वाले सप्तरीमा भएको घटना दुःख लाग्दो भएको बताउँदै उक्त घटनामा सत्ता पक्षका प्रधानमन्त्रि पुष्पकमल दाहाल, गृहमन्त्रि विमलेन्द्र निधी र एमालेका अध्यक्ष केपी ओलीले जनतामाझ माफि माग्नु पर्ने बताए । उनले सप्तरीको घटनालाई लिएर राज्य पक्ष र प्रतिपक्ष एमालेले भुसमा आगो लगाएको समेत आरोप लगाए ।
हामीले भन्दै आएका छौं शक्ति र सत्ता हुँदा सत्ता बाहिरका जातिलाई हेप्ने कोशिस गर्नुहोस् । लोकतन्त्रमा धनीमात्र होइन, निमुखाको पनि उतिकै अधिकार हुने बताए । कार्यक्रममा महासचिव केशव सूर्यवंशीले संविधान संसोधनका कुरा उठाउँदा बन्दुक र बुटले हान्ने कहाँसम्मको न्यायोचित व्यवहार हो ? प्रश्न गर्दै सेनाको घेराभित्रबाट लेखिएको संविधान मान्य नहुने बताए ।
पार्टी उपाध्यक्ष चन्द्र खापुङको सभापतित्वमा भएको कार्यक्रममा बेलायतका प्रतिनिधि थर्क राना, हङकङका प्रतिनिधि एमवी थापा, साउदीका प्रतिनिधि होम सुनारी, कतारका प्रतिनिधि महेन्द्र थापा, मलेसियाका प्रतिनिधि पदम राना, युकेका प्रतिनिधि भरत थापा, साईप्रसका तारा राई लगायतले नेपालका आदिवासी र मधेसीहरुलाई राज्य सत्ताले सहयोग नपु¥याएको बताएका थिए ।
पार्टी सचिव पदम जवेगुले सञ्चालन गरेको कार्यक्रममा पार्टीका संरक्षक एमएस थापा, अनुगमन विभाग संयोजक रामबहादुर तुम्बाहाम्फे, महिला नेतृ मीना पन्धाक, बुद्धश्री लामा, रामु परियार, यमबहादुर बुढाथोकी, डा. महोम्द हाजी, उपाध्यक्ष टिकाराम शर्मा, सहअध्यक्ष मानध्वोज व्लोन, वरिष्ठ नेता डिके बुद्धिष्ट, रविद्रउच्च नेपाली, ठाकुर रोक्का, होममाया गुरुङ, सविन थिङ लगायतले जनमुक्तिको विचारको विषयमा आ–आफ्नो भनाई राखेका थिए ।
बन्दसत्रमा उपमहासचिव टोप अस्लामीले १० पेजको जनमुक्ति विचारको प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन महासचिव केशव सूर्यवंशीले लेखेका थिए । उक्त प्रतिवेदनमाथि गम्भीर छलफल हुँदै १७ बुँदे घोषणापत्र समेत ल्याइएको सचिव पदम जवेगुले बताए । ३ दिनसम्म चलेको विश्व सम्मेलनले अधिकार प्राप्त नभइन्जेलसम्म पार्टी आन्दोलनमा रहीरहने जोड दिएका थिए ।