निर्वाचन आयोगले सार्वजनिक गर्‍यो जेठ ३१ को निर्वाचन कार्यतालिका « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो जेठ ३१ को निर्वाचन कार्यतालिका


यलम्वर टाइम्स
११ बैशाख २०७४, सोमबार १३:१८

शम्भु दंगाल

काठमाडौ / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने औपचारिक निर्णय गरेको छ ।

Election-Commission-Nepal

आयोगले सरकारको निर्णयअनुसार दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पहिलो चरणमा बैशाख ३१ र दोस्रो चरणमा जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको जानकारी दिए ।

आयोगको आज बसेको बैठकले दोस्रो चरणको निर्वाचन कार्यतालिका पारित पछि पत्रकार सममेलन गरेर सार्वजनिक गरेको छ ।

त्यस्तै, आयोगले पहिलो चरणमा हुने निर्वाचनको कार्यतालिका पनि हेरफेर गरेको छ । जसअनुसार बैशाख १६ का लागि तय भएको उमेद्वारी दर्ताको समय १९ गतेलाई तोकेको छ । निर्वाचन चिन्ह वितरण गर्ने कार्य बैशाख १९ गते तय भएकोमा बैशाख २२ गतेलाई सारिएको छ ।

आयोगले सोमबार सार्वजनिक गरेको दोस्रो चरणको निर्वाचनको कार्यतालिका अनुसार जेठ ३१ का मा हुने स्थानीय निर्वाचनका लागि उमेद्वारको मनोनयन दर्ताको समय जेठ १९ गतेलाई तोकिएको छ ।

त्यहि दिन बेलुका ५ बजे उमेद्वारको सुचि सार्वजनिक हुनेछ । आयोगले जेठ २० उमेद्वारको उजुरी लिने समय र मनोनयनपत्र जाँच गर्नेछ समय छुट्याएको छ । जेठ २१ गते उमेद्वारको नामावाली प्रकाशन र नामावली फिर्ताको समय सारीएको छ ।

उमेद्वारको अन्तिम नामावली भने जेठ २२ गते सार्वजनिक गरिने आयोगले जनाएको छ । त्यस्तै आयोगले २२ गते उमेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधी यादवले पहिलो चरणमा भएको निर्वाचनको मतगणना पछि दोस्रो चरणको निर्वाचन हुने पनि स्पस्ट पारेका छन् । उनले बजेट विकासको महतवपुर्ण पाटो भएकाले बजेट ल्याउन आयोग बाधक नबन्ने समेत जनाए ।

पहिलो चरणमा बैशाख ३१ गते प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका २ सय ९३ स्थानीय तहमा निर्वाचन हुनेछ भने, दोस्रो चरणमा   १,२,५ र ७ प्रदेशमा निर्वाचन हुनेछ ।

(रातोपाटीबाट)