भ्रष्टचारलाई देश निकाला गरिनुपर्ने « Yalambar Times
३१ जेष्ठ २०८२, शुक्रबार

भ्रष्टचारलाई देश निकाला गरिनुपर्ने


यलम्वर टाइम्स
११ भाद्र २०७४, आईतवार ११:५५

धोविघाट / राष्ट्रको अर्थतन्त्र र विकासको नाममा आएको बजेट पहुँचवाला व्यक्ति वा राजनीतिक दलका कार्यकर्ताहरुद्वारा हिनामिना गरिदै आएको हुँदा त्यस्ता भ्रष्ट व्यक्तिहरुलाई देश निकाला गर्नुपर्ने आवाज लिएर राष्ट्रिय जनमुक्ति पार्टी आम जनतामाझ आएको छ ।

त्यतिमात्र होइन भ्रष्टचारी देश द्रोही हो तीनलाई तह नलगाएसम्म गाउँ वा राष्ट्रको विकास हुनै सक्दैन भन्दै पार्टीले भाद्र १९ गतेदेखि २१ गतेसम्म पहिलो चरणको आन्दोलन अगाडि सारेको छ । भाद्र ५ गतेको निर्णय अनुसार र बुद्धिजीविले दिएको सन्देश अनुसार भाद्र १९ गते केन्द्रमा भए केन्द्रमा, जिल्लामा भए जिल्लामा अख्तियार दुरुपयोगको कार्यालयमा गई घेराउ तथा ज्ञापन पत्र दिने, भाद्र २१ गते नेपाल आयल निगम क्षेत्रीय कार्यालयमा घेराउ तथा ज्ञापन पत्र दिने बताइएको छ ।

पार्टीले हरेक क्षेत्रमा हुने भ्रष्टचारलाई अन्त्य गर्नका लागि कार्यदल निर्माण गरी दबाबमूलक कार्यक्रम गरेर अगाडि बढ्ने, यस्ता कार्यमा पहिचानवादी साना दलहरुलाई समेटेर लाने पार्टी सचिव पदम जवेगुले जानकारी दिए ।