साहाराको निःशुल्क स्वास्थ्य शिविर « Yalambar Times
२५ असार २०८२, बुधबार

साहाराको निःशुल्क स्वास्थ्य शिविर


यलम्वर टाइम्स
७ फाल्गुन २०७४, सोमबार ०८:३८

खुदुनाबारी । साहारा नेपाल साकोस लि. को चाहना सदस्यहरुको वित्तिय आवश्यकता परिपूर्तिको कामना भन्ने मूल मन्त्रलाई आत्मसाथ गदै शनिश्चरे सेवा केन्द्रको आयोजना र मेची आँखा अस्पतालको प्रावधिक सहयोगमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर खुदुनाबारीमा सम्पन्न भएको छ ।

आइतबार ९ बजेबाट ४ बजेसम्म सञ्चालन भएको सो शिविरमा आँखा परीक्षण २ सय ५० जना गराएको थिए । जसमा ३२ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको प्राविधिक मेमलाल राजवंशीले बताए । शिविरमा २ सय जना मानिसले मधुमेह रोगको परीक्षण गराएको थिए भने ४० जना मानिसमा मधुमेह सहित उच्च रक्तचाप देखिएको फेमेली स्वास्थ्यका प्रावधिक प्रतिमा राजवंशीले बताइन् ।

शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई निःशुल्क सेवा उपलब्ध गराउने केन्द्रिय कार्यालयका कर्मचारी भक्तबहादुर खड्काले बताए । उनले भने गरीब तथा स्वास्थ्य सेवाको पँहुचबाट बञ्चित भएका मानिसका लागि यो शिविरले लाभान्वित हुने छन् । साहारा नेपालले प्रत्येक वर्ष विभिन्न प्रकृतिका करिब २२ वटा स्वास्थ्य शिविर सञ्चालन गदै आएको बताइएको छ ।

खुदुनाबारीको स्वास्थ्य चौकीमा सम्पन्न स्वास्थ्य शिविरको उदघाटन सत्रमा शनिश्चरे सेवा केन्द्र सहयोग समितिका संयोजक शंकर सुवेदी, संस्थाका सञ्चालक समितिका भिमबहादुर गिरी, केन्द्रिय कार्यालयका कर्मचारी एवम् जीवन बरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्का, केन्द्रका सहयोग समितिका संयोजक गीता अधिकारी, सेवा केन्द्र कार्यालयका प्रमुख लक्ष्मी रिजाल, इलाका कार्यालय सहायक उर्मिला श्रेष्ठ, कर्मचारी इन्द्रिरा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।