अर्जुनधाराको खेल नीति अन्य स्थानीय तहले सिक्नुपर्ने : अध्यक्ष थापा « Yalambar Times
३० बैशाख २०८२, मंगलवार

अर्जुनधाराको खेल नीति अन्य स्थानीय तहले सिक्नुपर्ने : अध्यक्ष थापा


यलम्वर टाइम्स
१ आश्विन २०७५, सोमबार १०:५९

अर्जुनधारा । झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले खेल विधाको विषयमा अर्जुनधारा नगरपालिकासँग झापाकै अन्य नगरले अनुसरण गर्नुपर्ने बताएका छन् ।

अर्जुनधारा नगर तेक्वान्दो संघले ब्ल्याक वेल्ट प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले यस नगरबाट प्रशिक्षक उत्पादन र प्रशिक्षकलाई दिइने पारिश्रमिक नगरपालिकाले नीति बनाएर प्रोत्साहन गर्ने भएको हुँदा अन्य नगरले सिक्नुपर्न कुरा थापाले बताएका हुन् ।

खेलाडीप्रति माया, सद्भाव राख्ने नगर प्रमुख नेपालमा कमै हुन्छन् । थापाले भने, पछिल्लो दिनमा फुटबल, कराते, तेक्वान्दो, उसु, क्रिकेट लगायतका खेल विधामा अर्जुनधारा नगरपालिकाले प्रशिक्षक खडा गर्ने नीति बनाएर अगाडि बढेको हुँदा अर्जुनधारा सरकार प्रमुख खेल क्षेत्रप्रति सकरात्मक भएको बताउँदै प्रमुख रानालाई बधाई समेत दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख रानाले उसु, तेक्वान्दो, कराते, फुटबल लगायतका खेलहरुलाई टेवा पु¥याउने उदेश्यले एकवर्ष परीक्षणका लागि कार्यक्रम तय गर्ने योजना छ ।

प्रमुख रानाले नगरमा ९ वटा माध्यमिक विद्यालय र ७ वटा आधारभूत सामुदायिक विद्यालयलाई नगरले प्रशिक्षण राखी खेललाई अगाडि बढाउने सोच रहेका जानकारी दिए ।

संघका अध्यक्ष होमनाथ दुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न कार्यक्रममा स्वागत दिपेन धिमालले गरेका थिए भने सञ्चालन दिपेन्द्र दनुवारले गरेका थिए ।