अर्जुनधारा जेसीजको बुलेटिन ‘नेतृत्व’को विमोचन « Yalambar Times
२५ असार २०८२, बुधबार

अर्जुनधारा जेसीजको बुलेटिन ‘नेतृत्व’को विमोचन


यलम्वर टाइम्स
७ पुष २०७५, शनिबार ०३:१७

अर्जुनधारा । स्थापना भएको छोटो समयमा नै नेपाल जेसीजको अब्बल शाखाको रुपमा परिचित हुन सफल भएको अर्जुनधारा जेसीजले यस वर्ष पनि आफ्नो मुखपत्र ‘नेतृत्व’ बुलेटिन प्रकाशन गरेको छ ।

सन् २०१४ देखि निरन्तर प्रकाशनमा ल्याइएको उक्त बुलेटिनको विमोचन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले गरेका थिए ।

प्रमुख अतिथि रानासहित संस्थापक अध्यक्ष इन्दीवर खड्का, नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेल र अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष इन्दिवर खड्का, अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानी, वर्ष ०१५ का अध्यक्ष दिपीन राई, वर्ष ०१६ का अध्यक्ष शार्दुलहाङ ओली, वर्ष ०१४ का महासचिव चन्द्र राना ‘लाफा’ लगायतको उपस्थिति रहेको थियो ।

कार्यकारी उपाध्यक्ष भास्कर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा आस्था वाचन विमला भट्टराईले गरेकी थिइन् भने सञ्चालन महासचिव देवेन्द्र मैनालीले गरेका थिए ।