वीरता जेसीजद्वारा ट्राफिक प्रमुख राईको बिदाइ « Yalambar Times
२७ माघ २०८१, आईतवार

वीरता जेसीजद्वारा ट्राफिक प्रमुख राईको बिदाइ


यलम्वर टाइम्स
२९ फाल्गुन २०७५, बुधबार १२:२८

बिर्तामोड । विगत १६ महिना अघि झापाको ट्राफिक प्रहरी प्रमुख भएर आफ्नो जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक राजेश राईलाई वीरता जेसीज र वडी ग्यारेजले एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको
छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख राईलाई जेसीजका अध्यक्ष विशाल थापा र वडी ग्यारेजका सञ्चालक राम दाहालले संयुक्त रुपमा सम्मान–पत्र हस्तान्तरण गर्दै बिदाइ गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष थापाले प्रमुख राईको प्रशंसा गदै वीरता जेसीजको हरेक कार्यमा सहयोग पुर्याएकोमा धन्यवाद समेत दिएका थिए ।

अध्यक्ष थापाले प्रमुख राई आए पश्चात झापामा दुर्घटना न्यूनिकरण अभियान सफल बन्दै गएको बताउँदै विवादरहीत वातावरणमा कार्यकाल सम्पन्न गरेको बताए ।

वीरता जेसीजका अध्यक्ष विशाल थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई रहेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ प्रदेश नं. १ सदस्य बलराम कार्की, नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडका अध्यक्ष सजेस शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यापाने, राष्ट्रिय वाणिज्य संघ बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा पुर्वेली युवा क्लवका अध्यक्ष मनोज बुढाथोकी, वीरता लेडी जेसीजकी अध्यक्ष सरु भुर्तेल खनाल, नेवि संघका केन्द्रीय सदस्य सन्तोस उप्रेती लगायतको आतिथ्यतामा रहेको थियो ।

टहल दास ओलीले स्वागत तथा संयोजन गरेको कार्यक्रममा आस्था वाचन वीरता जेसीजका सदस्य प्रकाश खतिवडाले गरेको कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव जेसी कुशल खतिवडाले गरेका थिए ।