यात्रा बैंसमा घुमे जस्तो: ज्येष्ठ नागरिक « Yalambar Times
७ चैत्र २०८१, शुक्रबार

यात्रा बैंसमा घुमे जस्तो: ज्येष्ठ नागरिक


यलम्वर टाइम्स
१६ चैत्र २०७५, शनिबार ०३:३६

अर्जुनधारा । ज्येष्ठ नागरिक मिलन केन्द्रको अवलोकन भ्रमण बैंस छँदा घुमे जस्तो महसुस भएको बताएका छन् ।

चैत ११ गते लागेको उक्त टोली जनकपुर, लुम्बिनी, देवघाट हुँदै चतारा अवलोकनपछि १४ गते अर्जुनधारा आइपुगेका थिए ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष क्रमशः लक्ष्मी इङ्नाम र लोकनाथ पौडेलको अगुवाईमा गएको यात्रा आनन्दित भएको अवलोकन पश्चात यलम्वर टाइम्सलाई प्रतिक्रिया दिए ।

उमेर छँदा धेरै यात्रा गरियो, कहिले विद्यार्थी लिएर, कहिले शिक्षकहरुलाई लिएर । तर, यो पालिको ज्येष्ठ नागरिक समूहको यात्रा बैंस छँदा घुमेकै जस्तो यादगार भएको उपाध्यक्ष पौडेलले बताए ।

ज्येष्ठहरु अनुशासित र शान्त वातावरणमा रमाउने भएको हुँदा अवलोकन भ्रमण साँच्चैको आनन्दित भएको सहभागि कृष्ण पौडेलले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाको सहयोगमा यस क्षेत्रका ६४ जना ज्येष्ठहरुको भ्रमणमा उपस्थिति थियो ।

‘कति ज्येष्ठहरुले जनकपुर अवलोकन गर्न पाएका थिएनन्, कतिले देवघाट । यो भ्रमणले सहभागि ६४ जनालाई नै आत्मसन्तुष्टि दिएको छ’ ज्येष्ठ नागरिक सचिव नरेन्द्र तिम्सिनाले बताए ।

भ्रमणको क्रममा नारायणघाटका ज्येष्ठ नागरिक अध्यक्ष धु्रव अर्यालले स्वागत र सम्मान गरेको क्षण अविष्मरणीय रहेको उपाध्यक्ष लोकनाथ पौडेलले सुनाए ।

ज्येष्ठहरुको स्वास्थ्य हेरचाह गर्नका लागि स्वास्थ्यकर्मी डम्मरु बल्लभ मिश्रसमेत सहभागि थिए । ४ दिनसम्म चलेको यात्रामा कोही पनि ज्येष्ठहरु विसन्चो नभएको सहभागि शेखरनाथ अधिकारीले जानकारी दिए ।