के खाने ? कसरी खाने ? कति खाने ? हेक्का राखौं : आयुर्वेद « Yalambar Times
१० असार २०८२, मंगलवार

के खाने ? कसरी खाने ? कति खाने ? हेक्का राखौं : आयुर्वेद


यलम्वर टाइम्स
४ असार २०७६, बुधबार १४:०३

अर्जुनधारा । जिल्ला आयुर्वेद कार्यालय झापाले अर्जुनधारा क्षेत्रका जनप्रतिनिधि, शिक्षक र स्वास्थ्य स्वयमसेविकाहरुलाई उपस्थित गराई आयुर्वेदको पहूँच बढाउने उद्देश्यले मानव जीवन कसरी स्वास्थ्य रहन्छ भन्ने कार्यक्रम गरेको छ ।

आदिवासी जनजाति, दलित सामुदायिक भवनमा भएको कार्यक्रममा आयुर्वेद झापाका प्रमुख डा. रविन्द्र निरौलाले नसर्ने रोगले आक्रान्त बनाइरहेको बेला त्यस्ता रोग लाग्न नदिन आयुर्वेदले स्वास्थ्य जीवन कार्यक्रम नगर तथा गाउँपालिकामा ल्याएको बताए ।

सुखी जीवनशैलीले मानव जीवनमा मानसिक रोग, मोटोपन, उच्च रक्तचाप, मधुमेह, वाथ, हृदयघाट, अम्लपित्त, अल्सर हुने हुँदा दिनहुँ व्यायाम, योग र खेलकुद मध्ये एउटा गर्नुपर्ने जोड दिए ।

डा. निरौलाले कति खाने ? कसरी खाने ? के खाने ? त्यसमा हेक्का नराखे नसर्ने रोगको सिकार भइने बताए ।

कार्यक्रममा वैद्य निरीक्षक मनोजकुमार पण्डीतले मानिसमा एक्कासी देखिएको रिस पनि एक प्रकारको रोग भएको बताउँदै भान्सामा सुधार गरे यी माथिका रोगहरुबाट बच्न सकिने जानकारी दिए ।

वैद्य निरीक्षक पण्डीतले प्रत्येक मानिसले ३देखि ६ महिनाभित्रमा एक पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाको नगर प्रमुख हरिकुमार राना, स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत लगायतले आ–आफ्ना विचार राखेका थिए ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ स्वास्थ्य निर्देशनालयद्वारा आयोजित ३ घण्टा भएको कार्यक्रममा ५० भन्दा बढीको सहभागिता रहेको थियो ।