अर्जुनधारा जलेश्वरधाममा हजारौंले छरे शतबीज « Yalambar Times
२९ आश्विन २०८१, मंगलवार

अर्जुनधारा जलेश्वरधाममा हजारौंले छरे शतबीज


यलम्वर टाइम्स
९ मंसिर २०७६, सोमबार ०८:५५

अर्जुनधारा । पूर्वको पशुपतिनाथले प्रसिद्ध कमाएको अर्जुनधारा जलेश्वरधाममा यस वर्ष हजारौंले शतबीज छरेका छन् ।

प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवांगत पितृका नाममा दीप दान गरिएपछि बिहान शतबीज छरि बालाचतुर्दशी पर्व भव्य रुपमा मनाउने परम्परा रहेअनुसार यस वर्ष पनि शतबीज छरिएको हो ।

पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा जलेश्वर धामलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको दिन दिवांगत पितृका नाममा दीप दान गरी शतबीच छर्ने परम्परा रहिआएको छ ।

बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउन टाढा टाढाबाट भक्तजन अर्जुनधारा जलेश्वरधाम आएका छन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थान साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, दार्जिलिङबाट भक्तजन झापाको अर्जुनधारामा आएका छन् ।

बाह्रदशी गाउँपालिकाको साधुकुटी, शिवसतासी नगरपालिकाको सतासीधाम लगायतका अन्य विभिन्न धार्मिक स्थलहरुमा बालाचतुर्दशी पर्व मनाए पनि अर्जुनधारामा भने धर्मावलम्बीहरुको घुइचो कम भएको छैन ।

पितृका नामा सतबीज छर्न श्रद्धालु भक्तजनको आईतबार बिहानैदेखि अर्जुनधारा मन्दिर परिसरमा भीड लागेको थियो ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थान साथै छिमेकी मुलुक भारत, भुटानहरुबाट आएका भक्तजनको अर्जुनधारामा भीड लागेको धाम समितिले जनाएको छ ।

आफ्नो परिवारभित्रका दिवांगत आत्माको चिरशान्तिको कामना गर्दै झापाको अर्जुनधारा, शिवसताक्षीलगायत ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै अर्जुनधारामा अर्जुनधाराको मुल मन्दिरको वरिपरि शतबीज छरिएको छ ।

पर्वलाई सफल बनाउन स्थानीय संघसंस्थाहरु रेडक्रस, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्वस्तिका शिशु सदन अन्तर्गत राष्ट्रिय सेवा दलका विद्यार्थीहरु लगायते सहयोगी भूमिका निर्वाह गरेको धाम समितिले जनाएको छ ।