मिडियाले प्रश्न गर्न सिकाउनुपर्छ « Yalambar Times
८ मंसिर २०८१, शनिबार

मिडियाले प्रश्न गर्न सिकाउनुपर्छ


यलम्वर टाइम्स
९ श्रावण २०७८, शनिबार १०:०८

 

[पुण्य सुवेदी]

राणा शासन अलि पूरानो इतिहास बन्यो । राणा शासनलाई भोग्नेहरुको संख्या अब हाम्रो समाजमा निकै पातलिंदै जान थालेको छ । राणाकालमा नेपालमा पत्रकारिताको संगठित र संस्थागत विकास भएको थिएन । अखबारको नाममा एउटा गोरखापत्र थियो । पञ्चायती व्यवस्था वर्तमानबाट अलि नजिकको निरंकुश राजनीतिक शासन प्रणाली हो । पञ्चायतकालमा शासक र शासन व्यवस्थाको आलोचना गर्न मात्र पनि निवैm ठूलो हिम्मत जुटाउनुपथ्र्यो । धेरैजसो पत्रकारहरु शासकको जयकार गाउँदै छाक टार्नतिर लागे पनि वmेही जनताका पत्रकारहरुले आफ्नो जीवनलाई जोखिममा राखेर सही तथ्य र सूचनाहरु जनतासम्म पु¥याउन लागिरहे ।

०४६ सालको परिवर्तन पश्चात् नेपालमा आम सञ्चार क्षेत्रले निवैm ठूलो परिवर्तनको फड्को मा¥यो । यही समयमा स्वतन्त्र पत्रकारिताका थुप्रै मान्यताहरु स्थापित हुन सके भने आम सञ्चार क्षेत्र रोजगारीको, लगानीको, अध्ययनको, अभ्यासको, व्यवसायको लागि महत्वपूर्ण क्षेत्रको रुपमा स्थापित भयो । देशमा सशस्त्र माओवादी विद्रोहको शुरुवात् भएपछि पत्रकारिता क्षेत्रले हासिल गर्दै गएको उचाइमा गिरावट आउन थाल्यो । पत्रकारहरु दोहोरो बन्दुकको चेपुवामा पर्न थाले । धेरै पत्रकारहरुको ज्यान गयो । धेरै पत्रकारहरु अपहरणमा परे, घाइते बनाइए । पत्रपत्रिकाका कार्यालयहरुमा आक्रमणहरु भए । सही सूचनाहरुलाई निर्धक्क प्रकाशन, प्रसारण गर्न नपाइने अवस्था बन्यो । ०६२।०६३ को जनआन्दोलन सफल तुल्याउन राजनीतिक दलहरुको जत्तिवैm पत्रकारहरुको पनि योगदान थियो । पाठक समक्ष सही सूचना, सत्य, तथ्य, विचार स्वतन्त्र ढङ्गले पु¥याउन नपाउँदाको उकुसमुकुस पत्रकारहरुले आन्दोलनमा पोखेका थिए । आन्दोलन सफल बन्यो र हामी आज संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिक बन्न पाएका छौं । अहिलेको समय नेपाली आम सञ्चारकर्मी तथा तिनका पाठक, श्रोता, दर्शकहरुका लागि सबैभन्दा सुखद समय हो । विना डर, विन हिच्किचाहट लेख्न, पढ्न र बोल्न पाउने अवस्था हामी सबै मिलेर नै निर्माण गरेका हौं ।

शुरुमा राजधानी केन्द्रित सञ्चार क्षेत्र क्रमशः मोफसलका जिल्ला सदरमुकाम र ठूला शहर हुँदै अहिले गाउँगाउँसम्म पनि फैलने क्रममा छ । अर्जुनधाराबाट यलम्बर टाइम्सले शुरु गरेको ग्रामीण पत्रकारिताको अभ्यासलाई अरु नयाँ पूराना पत्रकारहरुले पनि विभिन्न अनलाइन पोर्टलहरुको स्थापना गरेर निरन्तरता दिइरहेका छन् । यलम्बर टाइम्सको प्रिन्ट र अनलाइन संस्करणलाई पाठकहरुले अर्जुनधाराका गोरखापत्रको रुपमा माया गर्ने गरेका छन् । स्थापनाको हिसाबले अर्जुनधाराको गोरखापत्र भए पनि चरित्रको हिसाबले यलम्बर टाइम्स यहाँको सरकारी मुखपत्र मात्रै बन्नु हुँदैन भन्ने आम पाठकको अपेक्षा रहेको छ । गाउँगाउँका खबरहरुलाई प्रकाशन गर्ने यो पत्रिका स्वभाविक रुपमा अहिले सञ्चालनमा रहेका र अझै खुल्ने क्रममा रहेका नयाँ नयाँ सञ्चार गृहहरुको नेता, गुरु र मानक समेत हो । यलम्बर टाइम्सको हरेक अंकले हामी स्थानीय आम सञ्चारलाई कुन दिशातर्फ लैजादैछौं भन्ने कुराको निर्धारण गरिरहेको हुन्छ । यलम्बर टाइम्सको सम्पादकलाई अरुलाई भन्दा बढी नै जिम्मेवारी बोध र परिपक्वताको आवश्यकता हुन्छ र भएको पनि पाइएको छ ।

आज सञ्चार क्षेत्रमा प्रकाशन र प्रसारणमा सेन्सरशिपको समस्या छैन तर स्थानीयस्तरमा सञ्चालित मिडियाहरुमा सेल्फ सेन्सरशिपको समस्या अत्यधिक देखिन्छ । स्थानीय सरकार, संघसंस्था, व्यवसायीहरु मिडियाका विज्ञापनका प्रमुख स्रोतहरु हुन् । जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरुसँग स्थानीय पत्रकारहरुको निकट दोस्ती हुनु पनि अत्यन्तै स्वभाविक हुन्छ । तर जब विज्ञापन र दोस्तीले पत्रकारिताको धर्ममाथि अतिक्रमण शुरु गर्छ तब पत्रकारले नागरिकसमक्ष सही सूचना सम्प्रेषण गर्नै सक्दैन । यस्तै सेल्फ सेन्सर्ड पत्रकारहरुका कारण आज स्थानीय सरकारहरुमा प्रश्नहरुसँग झर्किने, आलोचनाहरुसँग रिसाउने, विरोधहरुलाई दबाउने अलोकतान्त्रिक संस्कारको विकास हुन थालेको छ । मिडिया आपैंm लोकतन्त्रको एउटा मूल खाँबो हो । यसले लोकतान्त्रिक संस्कृति र आचरणहरुको जगेर्नाको लागि योगदान पु¥याउनुपर्छ । मिडिया सत्तापक्षीय होइन प्रतिपक्षीय चरित्रद्वारा सरकारलाई रचनात्मक सहयोग पु¥याइरहने भूमिकामा हुनुपर्छ ।

हामीले स्रोत, साधन र अधिकारसम्पन्न स्थानीय सरकार पाएका छौं । लामो समय स्थानीय निकाय र सरकारहरु कर्मचारीहरुको नेतृत्वमा सञ्चालन भए । राजनीतिक नेता, कार्यकर्ताहरुमा कर्मचारी रिझाएर काम गराउने, नसके कर्मचारीहरुको विरोध गर्ने प्रवृत्तिको विकास भयो । आज राजनीतिकर्मीहरु आफै स्थानीय सरकारको प्रमुख भइसक्दा पनि आफू मातहतका कर्मचारीहरु रिझाएर काम गराउने नसके तिनै कर्मचारीहरुको सार्वजनिक विरोध गर्ने जिविसकालिन प्रवृत्तिको अन्त्य भएकै छैन । कर्मचारीहरु लोकसेवा आयोगले छान्छ, जनप्रतिनिधिहरु जनताले । त्यसकारण जनताले प्रश्न गर्ने आफूले चुनेको जनप्रतिनिधिलाई नै हो । कर्मचारी संयन्त्रको सही परिचालन जनप्रतिनिधिको न्युनतम क्षमताको कुरा हो । मिडियाले जनताको जनप्रतिनिधिसँग प्रश्न गर्ने क्षमताको अभिवृद्धिका लागि भूमिका खेल्नुपर्दछ । यो लोकतन्त्रको लागि अत्यन्तै अपरिहार्य विषय हो ।

हामी संघीयताको अभ्यासमा नयाँ नै छौं । स्थानीय सरकारका नीति, कार्यक्रम, बजेट, योजना, योजना कार्यान्वयनको अवस्था, तिनका अल्पकालिन र दूरगामी प्रभाव र आयामहरु, भ्रष्टाचार, वेथीति र विकृतिहरु, अन्य स्थानीय सरकारका असल अभ्यासहरुको अनुसरण गर्न सकिने अवस्था आदि बारे अर्जुनधाराका मिडियाहरुले नगर सरकारलाई खासै सहयोग पु¥याइरहेको देखिदैन । नगरपालिकाका कामहरु र गतिविधिहरुको बारेमा नागरिकहरुमा थुप्रै प्रश्नहरु छरपस्ट छन् । ती प्रश्नहरुबाट हाम्रा जनप्रतिनिधिहरुलाई टाढा रहन दिनुहुँदैन । प्रश्नहरुलाई संगठित गर्ने मिडियाको दायित्व हो । नागरिकका प्रश्नहरु मिडियाले खोजी गर्दैन तर यदाकदा ती प्रश्नहरु विस्फोट हुन्छन् तब मात्र समाचार बन्छन् ।

जब मिडियाहरु बाइट्सको पछि मात्रै दगुर्छन् तब नेतृत्वमा प्रचार र प्रशंसाको मोह पैदा हुन्छ । हामी जबसम्म मेयर साबको ठूलो तस्विर र वक्तृत्वलाई मुख्य समाचार ठानेर छापिरहन्छौं, हाम्रो सरकार काममा भन्दा वक्तृत्वमा बढी विश्वास गरिरहन्छ । जब हामी मेयर साबको कामलाई जनताको आँखाबाट मूल्यांकन गर्न थाल्छोैं, गुणस्तरीय काम र जनताको सेवामा हाम्रो सरकारको ध्यान जान थाल्छ । हाम्रो सरकारलाई कस्तो बनाउने भन्ने निर्णय शक्तिशाली मिडियासँगै छ । अंग्रेजीमा ब्अतष्यल कउभबपक यिगमभच तजबल धयचमक भनिन्छ । हामी नगर सरकारको सेवा प्रवाह र नगर प्रमुखको बाइट्स मध्ये कुनलाई बढी महत्व दिइरहेका छौं भन्ने विषय स्थानीय मिडियाहरुले गम्भिर समिक्षा गर्नुपर्ने विषय हो । अहिलेको अभ्यासको दूरगामी प्रभावहरु हुन्छन् र पछिल्लो पुस्ताले यही पुस्ताबाट सिक्ने गर्छ । यहाँनेर सरकारको हरेक कमजोरी सतहमा ल्याइदिएर निरन्तर खबरदारी गरिरहेका राजधानीका ठूला मिडिया हाउसहरुबाट पनि धेरै सिक्न सकिन्छ । राम्रा कामको पनि विरोध, सत्य लुकाएर भ्रमको प्रचार जस्ता राजधानीका केही मिडियाका कमजोरीहरुबाट भने स्थानीय मिडियाहरु टाढा रहनुपर्दछ ।

यलम्बर टाइम्सको प्रभावक्षेत्र अर्जुनधारा मात्रै होइन । यसले प्रदेशस्तरको लोकप्रिय पत्रिका बन्ने लक्ष्य राखेको जस्तो देखिन्छ । तर अर्जुनधाराको लागि यलम्बर टाइम्स साप्ताहिक र यसको अनलाइन संस्करण पत्रकारिता गर्ने र सिक्नेहरुका लागि विद्यालय अनि खबरका पारखीहरुका लागि भरोसा हो । समाजमा मिडियाको तागत र मिडियाले पु¥याउन सक्ने योगदानको उदाहरण बनेर यलम्बर टाइम्सले आगामी दिनमा आफ्नो सूचनाको साम्राज्य अझै विस्तार गर्दै लैजान सकोस्, १४ औं वर्ष प्रवेशको अवसरमा हार्दिक शुभकामना छ ।

       पुण्य सुवेदी