श्रमजीविको हितमा कांग्रेस क्रियाशिल रहने « Yalambar Times
२० असार २०८२, शुक्रबार

श्रमजीविको हितमा कांग्रेस क्रियाशिल रहने


यलम्वर टाइम्स
१८ बैशाख २०७९, आईतवार ११:१७

बिर्तामोड । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले श्रमजीवी वर्गको हकहितका लागि नेपाली कांग्रेस पार्टी इमान्दारीपूर्वक क्रियाशील रहेको बताएका छन् ।

एक सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्षमा नेपाल ट्रेड युनियन कांग्रेस झापाद्वारा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव हुमागाईले यस्तो धारणा राखेका हुन् ।

एमालेले मजदुर वर्गको हितभन्दा गरिबलाई झन् गरिव बनाएर शासन गर्न खोजिरहेको बताउँदै नेपाली कांग्रेसले गरिबलाई धनी बनाउने नीति लिएको हुँदा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।

नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वाञ्चल अध्यक्ष दिपक प्रधान, यातायात मजदुर संघ झापा जिल्ला अध्यक्ष गान्धी भण्डारी, ट्रेड युनियन कांग्रेस झापा उपाध्यक्ष गंगाराम ओडारीलगायतले मजदुर वर्गले लोकतन्त्रको रक्षाका लागि चेतनशील भएर मतदान गर्न आग्रह गरे ।

ट्रेड युनियनकर्मी जीवन खड्काले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन ट्रेड युनियन सचिव राजकुमारी शेर्पा राईले गरेकी थिइन् ।