कोटीहोममा भारती बन्धुहरुको राष्ट्रिय भेला सम्पन्न « Yalambar Times
१० असार २०८२, मंगलवार

कोटीहोममा भारती बन्धुहरुको राष्ट्रिय भेला सम्पन्न


यलम्वर टाइम्स
१२ भाद्र २०७९, आईतवार ०९:४४

कनकाई । देशभर रहेका भारती बन्धुहरुलाई एकताबद्ध गर्ने उद्देश्यले भारती बन्धुको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

परम्परागत धर्म, संस्कृति, रीतिरिवाज, रहनसहनको जर्गेना गर्ने लक्ष्यका साथ भारती बन्धुहरुको भेला गरिएको थियो ।

शनिबार कनकाई नगरपालिका ४ स्थित कोटीहोममा भएको भेलाले राष्ट्रिय तदर्थ समिति बनाएको छ ।

भेलाले उमेश भारतीको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा युराज भारती, उपाध्यक्षहरुमा ध्यानबहादुर भारती, मदन भारती, सूर्यमान भारतीलाई चयन गरेको छ ।

त्यस्तै समितिको महासचिवमा बिमल भारती, सचिव डम्बरबहादुर भारती र कोषाध्यक्षमा तीर्थ भारती चयन भएका छन् ।

समितिको सदस्यहरुमा निर्मल भारती, हरि भारती, मुरारी भारती, लोकबहादुर भारती, सरीता भारती, नवराज भारती र प्रशुराम भारती चयन भएका छन् ।

भेलाले प्रदेश नं. १ इन्चार्जमा सञ्जु भारतीलाई चयन गरेको छ भने सह–इन्चार्जमा राजु भारतीलाई जिम्मेवारी दिएको छ ।

भेलाले जिल्लामा इन्चार्ज र सह–इन्चार्ज तोकेर उनीहरुलाई जिम्मेवारी दिएको छ ।

झापा इन्चार्जमा ज्ञानेन्द्र भारती, मोरङ इन्चार्ज, पुस्पमनि भारती, सोलुखुम्बु इन्चार्ज बिकास भारती, काठमाडौ इन्चार्ज अर्जुन भारती, काठमाडौ सह–इन्चार्ज देबराज भारती, तेह्रथुम इन्चार्ज मित्र भारती, सिन्धुपाल्चोक इन्चार्ज उद्धब भारती, सिन्धुपाल्चोक सह–इन्चार्ज समिर भारती, रुपन्देही इन्चार्ज बिष्णु भारती र रौतहट इन्चार्ज केबी भारतीलाई तोकेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय संरक्षकहरुमा अमेरिका बिशाल भारती, दोहा कतार घनेन्द्र भारती, दुवई यूएई तुलाराम भारती, कोरिया भिमराज भारती, चन्द्र भारती डेन्मार्क कमल भारती तोकिएको छ ।

अध्यक्ष उमेशले प्रत्येक जिल्लामा समिति निर्माण गरी संगठन बिस्तार गर्ने बताएका छन् ।