चैतमा तेस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसीप हुने « Yalambar Times
२७ माघ २०८१, आईतवार

चैतमा तेस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसीप हुने


यलम्वर टाइम्स
५ माघ २०७९, बिहीबार ११:२९

बिर्तामोड । शारीरिक सुसंगठन प्रदेश नं. १ स्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ ।

बिहीबार ग्यालेक्सी फिटनेश क्लबद्वारा आयोजित बृहत छलफल कार्यक्रममा २०७९ चैतमा प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको छ ।

ग्यालेक्सीका सञ्चालक तथा प्रशिक्षक चन्द्र राना ‘लाफा’ का अनुसार राष्ट्रको गौरब खेलको रुपमा लिएको शारीरिक सुसंगठनलाई भावकारी र खेलाडीलाई उत्साहितसँगै प्रतियोगितामार्फत अगाडि बढाउन लागिएको हो ।

प्रदेश नं. १ स्तरीय भएको हुँदा प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सन्दीप शेर्मा, ललित धिमाल र कल्पना मगर रहने गरी संरक्षण समिति निर्माण गरिएको छ ।

भेलाले आयोजक समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा दीप साउदेन लिम्बू, वरिष्ठ उपाध्यक्षमा रोहित गजमेर, उपाध्यक्षमा सुनिल लावती, सहसचिव किरण राई, कोषाध्यक्षमा चन्द्र राना ‘लाफा’ रहेका छन् ।

यसरी नै सदस्यहरुमा आशिष वन, पूजा थापा, रेखा बास्तोला, कमला लिम्बू, गंगा गिरी, सुरेश आले, बिनोद नेम्वाङ, सुजन लावती, बिराज सुवेदी, पप्पु चौधरी, चन्द्र लिङ्देन, विप्लव कुँवर, प्रकाश चौधरी, शिखा लिम्बू, किरण साम्सोहाङ, विकास चौहान रहेका छन् ।

यस्तै सल्लाहकार १३ सदस्यीय सल्लाहकार समिति चयन गरेका छन् । भेलाले सचिवका लागि कौशल श्रेष्ठलाई चयन गर्ने भएको छ ।

सञ्चालक चन्द्र राना ‘लाफा’ का अनुसार केही दिनपछि पत्रकार सम्मेलनमार्फत कार्यक्रमको सम्पूर्ण जानकारी दिइने छ ।