प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्छः मन्त्री तावा « Yalambar Times
२२ असार २०८२, आईतवार

प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्छः मन्त्री तावा


यलम्वर टाइम्स
१५ माघ २०७९, आईतवार ०९:४०

बिर्तामोड । प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले प्रदेश नामकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने कुरा आफ्नो बटमलाइन भएको बताएकी छिन् ।

शनिबार बिर्तामोड स्थित अतिथि सदनमा आयोजित येले तङ्बे र कक्फेक्वा तङ्नामको शुभ–कामना आदान–प्रदान कार्यक्रममा मन्त्री लिम्बूले सो कुरा बताइएकी हुन ।

स्वास्थ्य मन्त्री लिम्बूले आम जनचासोको विषय रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा आफू रहेकोले आफ्नो पहिलो कर्तव्य स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टचार, बेथिति र असहजतालाई उन्मुलन गरेर हुन सक्नेसम्म सुधार गर्दै लैजाने काममा लागिपरेको जनाइन् ।

आ–आफ्नो क्षेत्रमा भएको स्वास्थ्य सम्बन्धि बेथिति र भ्रष्टचार भएको गन्ध थाहा पाएमा आफ्नो मन्त्रालय र आफूलाई जानकारी गराई सचेत गराउन समेत आम जनतालाई मन्त्री लिम्बूले आग्रह गरिन् ।

कार्यक्रममा मन्त्री लिम्बूलाई किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाले अभिनन्दन समेत गरिएको थियो । चुम्लुङ झापाले हस्तान्तरण गरिएको ज्ञापन–पत्र ग्रहण गर्दै उनले प्रदेश सांसद भइसकेपछि सदनमा मातृभाषा मान्यता दिलाउन सांसद लोगो समेत लिम्बू÷याक्थुङ् भापामा लेखिएको हुनुपर्ने माग गर्दै आएको बताइन् ।

उनले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिलाउने कुरामा प्रदेश सरकार र प्रदेश सांसदमा आफ्नो खुबीले भ्याएसम्म पहलकदमी गर्ने समेत दाबी गरिन् ।

कार्यक्रममा विशिष्ठ अतिथि किरात याक्थुङ् चुम्लुङ्का पूर्व केन्द्रीय उपाध्यक्ष तथा मुन्धुमी अध्येता, लेखक हरि चोङ्बाङ्ले शुभ–कामना मन्तव्य दिनुहँदै येले तङ्बे र कक्फेक्वा तङ्नामको बारेमा प्रस्टाए ।

चुम्लुङ संघीय सल्लाहकार जीतबहादुर लावती, जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला अध्यक्ष दिपेनवाला राई, याख्खा छुम्माका जिल्ला अध्यक्ष मच्छिन्द्र याख्खा, चुम्लुङ विर्तामोड नगर शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, कमल गाउँ कार्य समिति अध्यक्ष दिवस लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका छन् ।