वडाध्यक्ष इङनामको मनका कुरा « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

वडाध्यक्ष इङनामको मनका कुरा


यलम्वर टाइम्स
२५ आश्विन २०८१, शुक्रबार ११:३२

अर्जुनधारा । श्रमिकहरु या जातिहरु होस् मिश्रित बसोबास गरेको वडा भएकाले अर्जुनधारा–११ मिहेनति, परिश्रमी र वौद्धिक व्यक्तित्व बसोबास गरेको स्थान हो ।

धार्मिक तथा सांस्कृतिक विविधता बोकेको हुँदा परस्परक सम्बन्धले भाइचारा एकता मजबुद रहेको छ । वडा सञ्चालनको तेस्रो वर्ष चलिरहँदा छोटो समयमा नै श्रोत, जनशक्ति र जनप्रतिनिधिहरुको मिहेनतले सम्झौता भएका संघ र प्रदेशले प्रदान गरेको योजना बेलैमा पूरा गरेको निर्धक्कका साथ वडाध्यक्ष खगेन्द्र इङ्नामले यलम्वर टाइम्सलाई बताए ।

वडामा काम गर्ने तरिकामा निर्वाचित सदस्य सुशिला गिरी सामाजिक, सीता कडेल भाषा–कला, पूर्णबहादुर राई पूर्वाधार र केशव अधिकारी विपद् हेर्ने गरी गरिएको कामको बाँडफाँडले योजनाहरु समयमा नै सम्पन्न गर्न सफल भएको वडाध्यक्ष इङ्नामले बताए ।

धेरै ठाउँमा वडाध्यक्ष एक्लै जान्ने हुँदा काम बिग्रिएको छ । वडाका निर्वाचित जनप्रतिनिधिहरुमा मनमुटाव देखिएको छ । त्यो मामलामा वडा नं. ११ प्रजातान्त्रिक ढंगबाट सञ्चालन भएको ठोकुवा गरे ।

वडा सञ्चालन अन्तर्गत पाँच वटै टोल विकास गठन गरिएको छ । टोल विकासमा सबै दलको सम्मान सहभागिता रहेको छ । चुनावका बेला दलगत देखाप¥यौं निर्वाचनपछि सबैको जनप्रतिनिधि भएर काम ग¥यौं । त्यसमा हामी गौरव मान्छौं ।

जनसंख्याको हिसाबले अरु वडाभन्दा ठूलो छ । वडा नं. ११ मा करिब १२ हजार जनसंख्या रहेको छ । कर संकलनको हिसाबमा पनि सबैभन्दा बढी राजश्व संकलन गर्ने वडा रुपमा रहेको छ । ‘गत वर्षमात्र ६२ लाख ८९ हजार राजश्व संकलन गरी पालिकाको राजश्व शाखामा बुझाएका छौं’ वडाध्यक्ष इङ्नामले भने ।

राम्रा काम गरौं भन्दाभन्दै केही टोलमा दुव्र्यवसनीले गिजोलेको देख्दा भने दुःख लागेर आउने गरेको उनी सुनाउँछन् । पछिल्लो समय बसपार्क क्षेत्रमा लालपूर्जा चलायमान नहुँदा जनतालाई दुःख भएको बताउँदै समाधानको बाटोमा खोजीरहेको पनि सुनाए ।

वडाबासी जनतालाई दिनका लागि ठिक पारेको लालपूर्जा पनि आयोगका पदाधिकारी खारेजी भएपछि त्यो वितरण गर्न पनि सकेका छैनौं । ढिलो चाँडो आवश्य दिने छौं उनले थपे ।